हत्याका अभियुक्त पक्राउ

Featured विशेष समाचार

सुरुङ्गा, १३ माघ: पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर– ८ निवासी ५० वर्षीय श्रेष्ठको विसं २०७१ चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट एक लाख ८० हजार र १० तोला सुन लुटेर लगेका थिए । सो समयमा डाका समूहले गाउँमा हवाई फायर र बमसमेत विष्फोट गराएका थिए । पक्राउ परेका आलमलाई जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *