नवौ पोखरा महत्सवको तयारी पुरा : पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरियो

Featured गण्डकी प्रदेश समाचार समाज

पोखरा, २५ पौष ।
नवौ पोखरा महत्सवको पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरिएको छ । आयोजक संस्था युनाईटेड क्लव पोखराले महोत्सव आसपासको क्षेत्रमा सरसफाई गरेको हो । यहि पुस २७ देखी माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको समेत आवाश्यक तयारी पुरा भएको क्लवले जनाएको छ ।

 

स्थापना कालदेखी पोखरा महोत्सव मार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमीसंगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले आयोजन गर्न लागेको नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
महोत्सव अवधिभर विभिन्न जातजातीका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ सस्थाहरुको वारेमा जानकारी, स्थानिय,

राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत गण्डकी प्रदेशमा रहेको पर्यटकीय स्थलहरुको जानकारी,
सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला र बाल उद्यानका गतिविधीहरु सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *