संस्कृत युवा मञ्चको रक्तदान तथा भित्ते पात्रो बिमोचन

Featured समाचार

संस्कृत युवा मञ्च नेपाल , कास्कीले आयोजना गरेको रक्तदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै रामेश्वर मन्दिर फूलबारी, पोखराका व्यवस्थापन समितिका अध्यक्ष वेदराज बांस्तोलाले युवाहरुद्वारा यसरी धर्म र संस्कृतिको संरक्षण सँगै पञ्चाङ्ग सहितको भित्ते पात्रो प्रकाशित गरिनु निकै प्रशंसनीय काम रहेको बताउनुभयो । साथै, उहाँले समाजमा मानवलाई आवश्यक पर्ने रगतको परिपूर्ति हेतु सँस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । रक्तदाता लक्ष्मी पहारीले २४ औं पटक आफू रक्तदानमा सहभागी हुन पाएको भन्दै खुसी प्रकट गनुभयो ।

कार्यक्रममा कुल ९३ जनाले रक्तदान गरेको कुरा कार्यक्रम संयोजक महेन्द्र ढकालले जानकारी गराउनुभयो । उहाँले रक्तदाता महानुभावहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै सहयोगी दाताहरूप्रति पनि आभार व्यक्त गर्नुभयो । मञ्चका अध्यक्ष रामकृष्ण अर्यालको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी धर्मराज आचार्य,मंगल नेपाली, पवित्रा थापा,विश्वराज सापकोटा, प्रकाश तिमिल्सिना, केशव गौतम लगायतका वक्ताले आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमा यातायात सुबिधाका लागि हरि प्रसाद पौडेल , गोकर्ण बराल, गोविन्द गौतम तथा चिदानन्द खतिवडा खटिएर साथ दिनुभएको थियोे । उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डिल्लीराम पोख्रेलले राख्नुभयो भने कार्यक्रमको संचालन गिरिराज शर्माले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *