मातृ शिशु मितेरी अस्पतालमा कोगामागने मितेरी कक्ष

गण्डकी प्रदेश स्वास्थ्य

मातृ शिशु मितेरी अस्पतालमा कोगामागने मितेरी कक्ष
ठूला विकासका आयोजना संचालन बारे लविङ्ग गर्न सांसद थापाको आग्रह
पोखरा २५ कात्र्तिक । पोखरा–१६ बाटुलेचौरमा रहेका मातृशिशु मितेरी अस्पतालमा पोखरा महानगरपालिकाले पहिलो पटक अन्तराष्ट्रिय सम्वन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा कोमागाने मितेरी कक्ष स्थापना गरिएको छ । कोगमागाने र जापानका बारेमा अध्ययन गर्न सकिने गरि स्थापना गरिएको कक्षको सोमबार गण्डकी प्रदेशका सांसद कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्ग र सिटिजन एशोसियसन फर नेपाल एक्सचेन्ज कोमागानका अध्यक्ष कोमा सुभारा संयूक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पोखराले पहिलो पटक अन्तराष्ट्रिय रुपमा सम्वन्ध स्थापना गरेको जापानको कोमागाने शहरसंगको सम्वन्धलाई अझै प्रगाढ र सुमधुर बनाउनुपर्नेमा जोड दिए । सांसद थापाले कोमागानले पोखरामा ठूला विकासका आयोजना संचालन बारे लविङ्ग गर्नुपर्ने बताए । उनले पोखरा र कोमागाने वीचको सम्वन्ध औपचारीकतामा मात्रै भन्दा विकाससंग जोडेर जानुपर्नेमा जोड दिदै जापानको टेक्नोलोजि हस्तान्तरण गर्नुपर्ने बताए । उनले पोखरा र कोमागानेको सम्वन्धलाई जिवन्त बनाउन कोमागानेमा पोखराले मितेरी चौतारी निर्माण गर्नुपर्नैमा जोड दिए । धेरै ठूलो काम गर्न नसकेपनि पोखराले कोमागानेमा चौतारी निर्माण गरेर बर पीपल रोप्ने काम गदै सम्वन्धलाई अझै प्रगाढ बनाउन सकिने थापाले सुझाव दिए । उनले सधै विदेशीसंग मागेर सोच ल्यागेर रचनात्मक काम गर्नुपर्नेमा जोड दिए । उनले दुवै शहरहरुले ब्यवसायीक रुपमा मिलेर काम गर्नुपर्नेमा जोड दिए । पोखरा महागनरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गले मितेरी सम्वन्धलाई बलियो र आत्मीय बनाउन महागनर तयार रहेको बताइन् । उनले पोखराको लेकसाईडमा रहेको कोमागाने पार्कलाई सौन्दर्यकरण गर्ने योजनामा महानगर रहेको बताउदै दुई शहर वीचको सम्वन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिइन् । उनले कोमागाने शहरमा आफुुले गरेको भ्रमण फलदायी रहेको बताउदै समान प्रकृतिका शहर भएकाले मिलेर काम गर्न इच्छुक रहेको बताइन् ।
कार्यक्रममा सिटिजन एशोसियसन फर नेपाल एक्सचेन्ज कोमागानको अध्यक्ष कोमा सुभाराले पोखरा र कोमागाने वीचको सम्वन्धले दुई शहर जनता वीचको सम्वन्ध सुमधुर बनेको बताउदै सहयोगलाई निरन्तरता दिने बताए । उनले विकास, प्रविधि र सांस्कृतिक सहयोग आदान प्रदानमा जोड दिए । कार्यक्रममा वडा नम्वर १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, मातृशिशु मितेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष उषा बरुवाल, अस्पतालका सुपरिन्टेण्डेन्ट प्रेमराज पंगेनी, पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल, अस्पतालका डा.रामचन्द्र बास्तोला, पोखरा कोमागाने नागरिक मैत्री एशोसियशनका अध्यक्ष शारदा मोहन काफ्ले लगायलते पोखरा र मोमागाने शहरका बारेमा चर्चा गरेका थिए । कोमागाने र पोखरा वीच सन् २००१ म मितेरी सम्वन्ध स्थापना भएको थियो । मितेरी सम्वन्ध स्थापना भएको १८ वर्ष पुगेको छ । कोमागानेले पोखरालाई मातृ शिशु मितेरी अस्पताल निर्माण, स्वास्थ्य उपकरण र स्वास्थ्य कार्यक्रमका लागि ७ करोड रुपैयाँ सहयोग गरेको पोखरा कोमागाने नागरिक मैत्री एशोसियशनका सचिव महेन्द्रबहादुर गोदारले जानकारी दिए ।
पोखरा र कोमागानको सम्वन्ध दाजुभाई र दिदिबहिनको जस्तो ः प्रमुख जिसी
पोखरा २५ कात्र्तिक । पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीले जापानको कोमागाने र पोखराका जनतावीचको सम्वन्ध दाजुभाई र दिदिबहिनीको जस्तो रहेको बताएका छन् । कोमागानेबाट आएको १२ सदस्यीय टोलीलाई पोखरा महागनरमा स्वागत गदै प्रमुख जिसीले मितेरी सम्वन्धले विकास,प्रविधि र सांस्कृतिक आदान प्रदानका माध्यमबाट दुई शहरका जनताको सम्वन्धलाई अझै प्रगाढ बनाएको बताउदै यसलाई अझै सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले मखमली फुलको माला लगाएर स्वागत गर्न पाउदाँ खुशी लागेको बताउदै जसरी दिदिबहिनीले दाजुभाईलाई सम्वन्ध बलियो र चिरञ्जिवी दिर्घकायुको कामना गर्छन त्यस्तै कोमागाने र पोखराको सम्वन्ध कायम रहोस भन्ने कामना गरे । उनले सम्वन्धलाई अझै फराकिलो बनाउदै विकास र प्रविधि आदान प्रदान गर्नुपर्नेमा जोड दिए । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले पोखरा सौन्दर्यताले भरिपूर्ण रहेको बताउदै २० वर्ष अधि स्थापित सम्वन्धलाई अझै सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले भौतिक पूर्वाधार, विकास, सिप हस्तान्तरण सांस्कृतिक आदान प्रदानमा सहयोग पुगेको बताए । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गले मायाको चिनो प्रदान गदै स्वागत गरेकी थिइन् । कार्यक्रमको संचालन पोखरा कोमागाने नागरिक मैत्री एशोसियशन पोखराका सचिव महेन्द्र बहादुर गोदारले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *