भिन्तुना युवा क्लबको १६ औं बार्षिकोत्सब बिभिन्न कार्यक्रम गरि सम्पन्न

Featured समाज

 

२७ कार्तिक २०७५,

मंगलवार भिन्तुना युवा क्लब, तेर्सापट्टी पोखरा ३ को १६ औं बार्षिकोत्सब बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ। क्लबले बार्षिकोत्सबकै अबसरमा खुल्ला रत्तदान , मधुमेह परिक्षण तथा सम्मान कार्यक्रम राखिएको थियो । रक्त सन्चार सेवा कास्की तथा पोखरा डाइविटिज एण्ड थाइराइड सेन्टरको प्राबिधिक सहयोगमा १८ युनिट रगत संकलन गरिएको थियो भने करिब ७५ जनाले निशुल्क मधुमेह परिक्षण गरेका थिए। उक्त कार्यक्रममा मिस एसइइ क्विन २०७५ तेर्सापट्टि निवासी सुप्रीमा तुलाधर लाई पनि सम्मान गरिएको थियो। क्लबका अध्यक्ष राजन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजुले क्लबले स्थापना काल देखि नै विभिन्न प्रशंसनिय सामाजिक काम गर्दै आइरहेको उल्लेख गर्दे आगामी दिनमा पनि क्लब संग सहकार्य गर्दे वडाको बिकास निर्माण कार्यमा सबै मिलेर हातेमालो गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष एबं वडा नं ३ का सदस्य जितेन्द्र कायस्थ, सदस्य लक्ष्मी पराजुली, रबिन कायस्थ, समाजसेबी उमेश सिके, सनकमान सिके , सप्रिमा तुलाधार लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो। कार्यक्रममा क्लबका उपाध्यक्ष सरोज कायस्थ ले स्वागत तथा पत्रकार सरिता तिम्सिना पगेनी ले कार्यक्रम संचालन गर्नु भएको थियो । एकताको लागि ऐक्यबद्धता, स्वच्छ सामाजिक प्रतिबध्दता भन्ने मूल नारा सहित २०५९ सालमा स्थापित क्लबले बिभिन्न सामाजिक कार्यहरु गर्दे आएको क्लका कोषाध्यक्ष एबं कार्यक्रम संयोजक किरण उदासले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल सम्बत ११३९ तथा शुभ दिपावलिको अवसर पारेर शुभकामना आदन प्रदान समेत गरिएको क्लबका सचिब कुमुदराज राजभण्डारीले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *