पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, ओपिडि सेवा बन्द

Featured गण्डकी प्रदेश विशेष समाचार समाज स्वास्थ्य

पर्वत, असार ५ / पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।


पर्वत अस्पतालले बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ। पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्रोतले जनायो । जेठ २० गते पहिलो पटक संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्ता खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्रोतले बतायो । कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना अस्पतालमा एक हप्ता बिताइएपछि उनीहरु अहिले पनि क्वारेन्टाइनमा नै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *