जिल्लामै गएर KYC अपडेट गर्न संचयकोषलाई नेपाल निजामती कर्मचारी संगठन, पर्वतको माग

समाचार

पर्वत, नेपाल निजामती कर्मचारी संगठन, पर्वतले कर्मचारी संचयकोषले आफ्ना संचयकर्तालाई भन्दै आएको KYC अपडेट प्रत्येक जिल्लामा गएर गर्न माग गरेको छ । संचयकोषको जारी गरेको KYC अपटेड गर्दा विभिन्न विवरण अनलाईन बाट नै भर्न सकिने तर आफ्नो फोटो र ल्याप्चे चाही स्वंयम कर्मचारी नै संचयकोषको कार्यालय जानु पर्ने हुँदा दुर्गम तथा दुरदराजका कर्मचारी मर्कामा पर्ने भन्दै संचय कोषले पूर्व निर्धारित कार्यक्रम बनाई प्रत्येक जिल्लामा गई KYC अपडेट गर्न नेपाल निजामती कर्मचारी संगठनले जोडदार माग गरेको हो । दुर्गम भेग तथा बाहिरी जिल्ला का कर्मचारीहरुलाई KYC अपडेट गरी काम सम्पन्न गर्न कम्तीमा २ दिन लाग्ने र जाने, आउने बाटो खर्च र होटल खर्च गर्दा कम्तीमा ५ हजार भन्दा बढी खर्च लाग्ने हुँदा कर्मचारी संचयकोषले संचयकर्तालाई बर्ष भरि दिने व्याजले पनि उक्त खर्च नपुग्ने हुँदा समयमा नै प्रत्येक जिल्लामा संचयकोष पुगी KYC अपडेट गरी सवै कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी सवैलाई सुविधा प्रदान गर्न नेपाल निजामती कर्मचारी संगठन, पर्वतले संचयकोषलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *