जवरजस्ती चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ:

विशेष समाचार

पाेखरा फाल्गुन २१

सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०७१।०१।३० गतेको
फैसलाले १ महिना १५ दिन कैद र १२,४०,५००/- (बाह्र लाख चालिस हजार
पाँच सय) जरिवाना वापत ४ वर्ष समेत कैद सजाँय तोकेको जवरजस्ती चोरी
मुद्धाका फरार प्रतिबादी जिल्ला सिन्धुपाल्चोक साविक महाकाल ८ हाल हेलम्बु
गा.पा. ४ बस्ने उरपन तामाङको छोरा वर्ष २७ को मंगलमान तामाङ जिल्ला प्रहरी
कार्यालय सिन्धुपाल्चोकबाट फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी
टोलीले खोज तलास गर्दै जाने क्रममा मिति २०७५/११/२१ गते साँझ २१:०० बजेको
समयमा निज प्रतिबादीलाई आफ्नै घरमा लुकिछिपी वसेको अवस्थामा फेला पारी
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, चौतारा सिन्धुपाल्चोकमा दाखीला गरेकोमा
निज प्रतिबादीलाई कैद भुक्तानको लागी आज मिति २०७५/११/२२ गते सम्मानित
सिन्धुपाल्चोक जिल्ला अदालत चौतारा, सिन्धुपाल्चोकमा पठाइएकोमा जिल्ला
अदालतबाट २०७०।०९।०३ बाट २०७०।०९।२९ सम्म २६ (छव्वीस) दिन बसी
भुक्तान गरीसकेको र बाँकी असुल गर्नु पर्ने कैद ४ वर्ष १९ दिनको लागी
२०७५।११।२१ गते देखि गणना हुने गरी मिति २०७९।१२।०९ सम्मको लागि
जिल्ला कारागार कार्यालय, सिन्धुपाल्चोक चौतारामा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *