जन्मदिन मनाउने खर्च विधार्थीलाई शैक्षिक सामाग्री वितरण

समाचार

४ मंसिर, २०७५ पर्वत ।
पर्वत जिल्ला महाशिला गाँउपालिक(५, दुक्तान निवासी युवराज गुरुङ(सन्तु) ले आफ्नो जन्म दिनको अवसरमा महाशिला–५, स्थित श्री सरस्वती आधारभुत विद्यालयका विधार्थीहरुलाई कापी, कलम तथा शैक्षिक सामाग्री वितरण गरेका छन ।
जन्मदिन मनाउदा हुने फजुल खर्च जोगाएर विद्यालयका सम्पुर्ण विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका उनले जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा सामाजिक काममा सहयोग गर्नु उत्तम हुने बताए । पर्वत जिल्लाको प्रतिष्ठित क्लब,बौद्ध युवा क्लब, दुक्तानका अध्यक्ष, एवम् क्षेत्रिय भलिबल खेलाडी समेत रहेका गुरुङ यस भन्दा पहिले पनि विभिन्न सामाजिक कार्यमा संलग्न हुदै आएका थिए ।
शैक्षिक कार्यक्रम वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोलराज शर्माले अहिले जन्म दिन मनाउदा होटल तथा अन्य स्थानमा गई फजुल पार्टी दिने चलन विकृतिको रुपमा रहेकोमा यस कामले उक्त विकृतिलाई हटाउन सन्देश गएको बताउदै यस सहयोगले सवै विधार्थीको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने कुरा बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *