मोमेन्ट मिडिया ग्रुपको आयोजनामा पोखरा विश्व बाल दिवस २०१८

समाज

मंसिर ४, पोखरा

नोभेम्बर २० अर्थात् संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धीमा हस्ताक्षर गरेको २९ वर्ष पूरा भएको छ । यसर्थ आजको दिन विश्वका विभिन्न देशहरुमा विश्व बाल दिवस २०१८ मनाइएको छ ।  पोखराको वडा नं। ८ को जनप्रिय मा।वि।मा वडाका विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको छ । मोमेन्ट मिडिया ग्रुपको आयोजनामा भएको यस प्रतियोगितामा पोखरा महानगरपालिका सामाजिक शाखा, पोखरा महानगरपालिका वडा नं। ८ को कार्यालय र बालश्रमिकको क्षेत्रमा काम गर्ने संस्था टोलीले सहयोगमा जम्मा ९ ओटा विद्यालयका समूहहरु गरी ३६ जना कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रतियोगितमा वडा नं. ८ का विद्यालयहरु, जनप्रिय मा.वि., डाइनामिक एकेडेमी, सिर्जना सेकेण्डरी स्कुल, रत्नज्योति बोर्डिङ स्कुल, अमरज्योति बोर्डिङ स्कुल, न्यु मोडल एकेडेमी, राम आधारभूत विद्यालय, लिटलस्टेप बोर्डिङ स्कुल र पोखरा के्रयटिभ बोर्डिङ स्कुल र सरस्वती सेकेण्डरी बोर्डिङ स्कुल गरी ९ ओटा विद्यालयहरुबाट सक्रिय सहभागि जनाउनुभयो । प्रतियोगितामा विशेष गरी बालबालिका र बालअधिकारलाई केन्द्रित गरि प्रश्नहरु तयार पारिएको थियो । उक्त प्रतियोगितामा जनप्रिय मा।वि। प्रथम जसमा दिपेश अधिकारी, अभिमत लामिछाने, जगदिश चापागाईँ र प्रिती गुप्ता हुनुहुन्थ्यो भने अमरज्योति बोर्डिङ स्कुल दोस्रो जसमा सविना श्रेष्ठ, अमृता शर्मा, किशोरी लामिछाने र प्रज्वल गौतम हुनुहुन्थ्यो । त्यसैगरि न्यु मोडल एकेडेमी तृतिया जसमा अजय गिरी, अनुपा खनाल, गायत्री गौतम र प्रतिक पौडल हुनुहुन्थ्यो र सिर्जना सेकेण्डरी स्कुल सान्तवना जसमा सिजन ओझा, अनुष्का सुवेदी, विराज पौडेल र सविना भण्डारी हुनुहुन्थ्यो । सम्पूर्ण सहभागिहरुलाई सहभागिको प्रमाण पत्र पैदान गरिएको थियो । विजेताहरुलाई प्रथम, द्धितीय, तृतिया र सान्वनालाई क्रमशः नेपाली रुपैयाँ २५००, २०००, १५०० र १००० गरी बधाई प्रत्रसहति सम्मान र पुरस्कृत गरियो । कार्यक्रमका प्रमुख वक्ता वडा नं। ८ का अध्यक्ष रुद्रनाथ बरालले यस प्रकार कार्यक्रमले बालबालिकाहरुको हौसला वृद्धि गर्ने र प्रतिभा प्रस्फुटन हुने कुरा उल्लेख गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष तथा जनप्रिय मा।वि।का प्राचार्य बाबुराम पौडेलले बालबालिकाहरुको कार्यक्रम सफल भएको र यस प्रकारका कार्यक्रमहरु विद्यालयहरुमा सञ्चालन गर्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा वडा नं। ८ का जनप्रतिनिधहरु, पोखरा महानगरपालिका सामाजिक शाखाबाट प्रतिनिधि, टोलीबाट गीता क्षेत्री र उपस्थित विद्यालयहरुबाट शिक्षक शिक्षिकाहरु आउनुभएको थियो । हाजिरजवाफ प्रतियोगिता साहित्य शृङ्खला पोखराका सदस्य सन्तोष न्यौपाने र मोमेन्ट मिडिया ग्रुपका आरति बरालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बालअधिकार कर्मीहरु विशेष गरी दिपक वि।क।, शिलाश राई, मौसम तिमिल्सिना, विजय कुमाल र आरोग्य मोहन काफ्ले उपस्थित हुनुभएको थियो । त्यसैगरी स्वयमसेवी भएर कार्यक्रम सफल पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *