कोरोनाबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन

समाचार

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ । महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको हो । उनी ५९ वर्षकी थिइन् । रोल्पामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङको गोरखा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा उपचाररत सीता महराको बुधबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । महराका दुई छोरा र दुई छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *