इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रगतिशील विजयी

Featured गण्डकी प्रदेश समाचार

पोखरा, १ पुस 

इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रोग्रेसिभ इञ्जिनीयर एशोसिएशन नेपाल (पिन)का उम्मेदवार विजयी भएको छन् । पोखरामा सम्पन्न अधिवेशनबाट नेकपा समर्पित इञ्जिनीयरिङहरुको एशोसिएशनको समूह निर्वाचित भएको हो ।

एशोसिएशनको अध्यक्षमा बाबुराम भण्डारी ५६४ मतसहित विजयी हुनु भयो भने उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका राजेश भट्टराईले ४१५ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपसभापतिमा ध्रुवराज भट्टराई, सचिवमा दीपक थापा, सहसचिवमा विष्णुप्रसाद खनाल विजयी हुनुभयो । सदस्यहरुमा हरिकला थापा गुरुङ, डा केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदीप न्यौपाने, सर्मिला गौतम र अनिशकुमार ढकाल विजयी हुनुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *