२८२५ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु

Featured समाचार स्वास्थ्य

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ सहित देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ । यस्तै थप देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *