१५ चैत काठमाडौं :
स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको निधनसँगै राजपरिवारको सदस्यहरुमा कोरोनाबाट निधन हुने पहिलो व्यक्ति मारिया टेरेसा बनेकी छिन् ।
८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टि गरेको छ ।
सन् १९३३ मा फ्रान्समा जन्मिएको मारियाका ६ सन्तान रहेका छन् ।
कोरोना भाईरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ भने संक्रमतिको संख्या ७२ हजार २ सय ४८ नाघेको छ । संक्रमति व्यक्तिहरु मध्ये १२ हजार सय ८५ जना उपचार पछि घर फर्केका छन् ।