साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम आज समपन्न

Featured समाचार समाज सूचना-प्रविधि

पोखरा,२५ जेठ ।

सिद्दार्थ राजमार्ग टोल बिकास संस्था पोखरा १७ ले आयोजना गरेको स्वागत तथा  भएको छ।कार्यक्रम्मा संस्थाले प्रमुख अतिथि प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई पोखरामा आउनु भएकोमा स्वागत गरेको थियो। कार्यक्रम्मा बोल्दै प्रमुख अतिथि दान बहादुर कार्कीले महिलहरू पनि यति जागरूक भएको देख्दा आफुलाई निकै खुशि लागेको बताउनु भयो। साथै यस टोलका महिलाहरूले आत्मानिर्भर हुने काम गरेकोले सबैले सिकनु पर्ने बताउनु भयो।समृद्धि बोलेर नआउने र काम गर्नु पर्ने उँहाको भनाई थियो।कार्यक्रमको दोस्रो सत्रमा बिद्युतिय अपराध(साईबर क्राईम) सम्बन्धि प्रशिक्षण दिएको थियो।बिद्युतिय अपराध(साईबर क्राईम) के हो?यसले समाजमा ल्याएको असर र नेपालको कानुनमा यसको सजाय के छ भन्ने बिषयमा पोखरा विमान स्थल कार्यलयका प्रहरी निरिक्षक प्रताप पौडेलले प्रशिक्षण दिनु भएको थियो। जिल्ला प्रहरी कार्यलय कास्कीले प्रशिक्षणको सहकार्य गरेको थियो भने अनलाईन मिडिया पार्टनरमा जन्मभूमि खबर रहेको थियो। कार्यक्रम संस्थाकि अध्यक्ष आत्मा तुलाचनको अध्यक्षता तथा स्वागत सल्लाकार भगवति गुरूड़ र कार्यक्रम संचालन सचिव माया सुवेदी पौडेलले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *