सरकारद्धारा प्रस्तावित दुई जना राजदूतको सुनुवाइ आज हुदै :

बागमती प्रदेश समाचार

काठमाण्डौ, ०३ माघ ।
सरकारद्धारा प्रस्तावित दुई जना राजदूतको सुनुवाइ आज हुँदैछ । थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारीकोे सुनुवाइ हुन लागेको हो ।


सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बस्नेछ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो ।

यस्तै दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि र भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय राजदूत तथा क्युबा र जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सरकारले सिफारिस गरेको थियो । मणिप्रसाद भट्टराई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा सिफारिस गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *