सफल एक्सपो पोखराको तयारी पूरा : एक्सपो गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धनमा सर्मपित :

गण्डकी प्रदेश विशेष समाचार

पोखरा, ११ मंसिर ।
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को तयारी पूरा भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म हुने एक्सपोको गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एक्सपोको उद्घाटनको दिन नजिकिँदै गर्दा तयारीका सबै काम सकिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले जानकारी दिए । उनले भने ‘हामीले एक्सपोका सबैजसो तयारीहरु सकेका छौँ, प्रदर्शनी केन्द्रमा रहने करिब ३ सयवटा स्टलहरुको बुकिङ भई सकेको छ, उद्घाटनसँगै यहाँ बस्तु तथा सेवाहरु प्रदर्शनीमा राखिनेछन् ।

उनका अनुसार एक्सपोलाई भव्य बनाउन कुनै कसर बाँकी राखिएको छैन् । मेला र महोत्सव मार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्नु एक्सपो उद्देश्य रहेको उनले बताए ।

यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजीमा पनि एक्स्पो समर्पित रहेको आयोजक संस्थाले जनाएको छ ।

एक्सपोमा पोखरा औद्योगिक क्षेत्रका २० वटा उद्योगहरुले आफ्ना उत्पादनबारे जानकारी दिन स्टल राख्दैछन् भने नेपाल पर्यटन वोर्ड एवं पोखरा पर्यटन परीषद र सहश्राब्दी पर्यटन विकास समितिको समन्वयमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि विशेष स्टलहरु पनि रहनेछन् ।
‘पोखरालाई पर्यटनको मूख्य हब र पोखरा वरपरको क्षेत्रलाई सब हब बनाउँदै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पनि हामीले यी स्टलहरु राखेका हौँ’, संघका महासचिव अर्जुन पोखरेलले भने,‘ एक्सपोलाई आफ्नो उदेश्य अनुरुपको बनाउने काममा आयोजकबाट कुनै कमी हुन दिने छैनौँ ।’

एक्सपोमा रहने मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुले पनि सहभागिहरुलाई थप सुविधा दिने उनले बताए ।
संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाका अनुसार एक्सपोमा जोडिएका विभिन्न ब्राण्ड तथा औद्योगिक घरानाहरुको प्रदर्शनीले उद्यमशीलता वृद्धिको लागि थप टेवा दिनेछ । यसैगरी एक्सपोमा रहने मोवाइल मेलामा हुने एक्सचेञ्ज अफर, नयाँ ब्राण्डका मोवाइलको उपलब्धताले पनि एक्सपोमा रौनकता थप्ने उनले बताए ।

यस्तै मोवाइल बिक्रेता संघ पोखराका अध्यक्ष शिवराज पहारीले आफ्नो मोवाइल साँट्न चाहनेहरुलाई चल्ने गरेको मोवाइलसहित आधिकारिक कागजपत्र लिएर आउन आग्रह गरेका छन् । लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य, रत्यौली, विद्यालयस्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोपोन्मुख साँस्कृतिक झाँकी र नाचहरुसहित हास्यव्यङ्ग्य कार्यक्रम एवं प्रवेश टिकटमा दैनिक पुरस्कारको व्यवस्था पनि एक्सपोको आकर्षण हुने आयोजकको अपेक्षा रहेको छ ।

पोखराको औद्योगिक घराना लक्ष्मी समूहको सफल ब्राण्ड टाइटल स्पोन्सर रहेको एक्सपोको पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन , नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा एक्सपो आयोजना हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *