टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गर्यो

Featured समाचार स्वास्थ्य

काठमाडौं, १२ वैशाख — सिंगापूर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिनेछ ।
फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सी ९ब्८क्त्ब्च्त्० द्वारा एसएआरएस कोभिड—२ भाइरस ( क्ब्च्क्(ऋयख्(द्द) पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि “अल इन वान” १ चरण आरटी—पीसीआर किट हो । यो किटमा आरटी—पीसी चरणच् रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइम मिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँदछ ।
टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भन्नुभयो, “यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालका हाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहसपूर्वक कोभिड—१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । हामी हाम्रो निरन्तर सहकार्यलाई कायम गर्दै एकअर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।”
टेमासेक फाउन्डेशनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा. बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्यवयन प्रयासका लागि हार्दिक आभार व्यक्त गरेको छ । श्री एयरलाइन्स र निजि क्षेत्रका दुई उदार व्यक्तित्व पशुपति मुराकर र शेखर गोल्छा बिना यो सम्भव थिएन जसले सिंगापूरबाट सामानहरु ल्याउन प्लाइट चार्टर्ड गरेका थिए ।
टेमासेक फाउन्डेशनले सन् २०१४ मा प्रकोप न्यूनिकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचनाहरु सुद्दढ पार्न मद्दत गरेको थियो । यो फाउन्डेशनले आवश्यकताको समयमा देशको सेवा गर्दै आइरहेको छ ।

टेमासेक फाउन्डेशनको बारेमा
टेमासेक फाउन्डेशनले त्यस्ता कार्यक्रमहरुमा सहयोग गर्दछ जसले सिंगापूर र अन्य समुदायहरुको उत्थान गर्दछ । हाम्रो लक्ष्य सामाजिक लचीलोपनलाई सुद्दढ गर्नु, अन्तर्राष्ट्रिय विनिमयलाई बढाव दिन र क्षेत्रिय क्षमताहरु बढाउन र दिगो विश्वका लागि विज्ञान र प्रकृतिको उन्नति गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *