सफलता महिला कृषि सहकारी संस्थाको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

विशेष समाज

पोखरा २७

सफलता महिला कृषि सहकारी संस्थाको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । समितिले पुर्ण दुर्गा अधिकारीको अध्यक्षतामा ११ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा प्रमिला बराल, सहसचिवमा तारा ढकाल, कोषाध्यक्षमा अन्जु पण्डित, सदस्यहरुमा क्रमश ः तारा अधिकारी, लक्ष्मी बराल, विन्देश्वरी बराल, दुर्गा वास्तोला र शोभा देवकोटा चयन हुनुभएको छ । त्यस्तै ऋण समिती संयोजकमा महाकाली बराल, सदस्यमा कमला बराल घिमिरे, वर्षा लामिछाने र लेखा समिति संयोजकमा सृजना बराल, सदस्यमा सीता बराल, संगिता बराल चयन हुनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी सघंका अध्यक्ष रविरमण तिवारीले सहकारीका सदस्यहरुले आफ्नै संस्थामा बचत गर्नुपर्ने, समुदाय प्रति उतरदायी, दबाबदेही हुनुपर्ने ,सहकारीका सिद्धान्तलाई पालना गदै अगाडी बढ्यो भने अवश्य सफल हुने कुरामा जोड दिनुभयो। त्यस्तै विशेष अतिथी पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र बरालले स्थानिय सरकार र नगरपालिकाले कृषिको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विश्व हिन्दुमहासघं कास्कीका उपाध्यक्ष पार्वता पौडेल, समाजसेवी महाकाली बराल, महिला विकासका लागि आमा समुहका अध्यक्ष मनमाया बराल, परिवर्तन समाज नेपालका अध्यक्ष विन्देश्वरी बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सफलता महिला कृषि सहकारीका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन संस्थाका सचिव प्रमिला बराल र स्वागत संस्थाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *