सदियौ देखि ! त्रिशुली

Featured गण्डकी प्रदेश समाज साहित्य

सदियौ देखि ,
एउटै चाहना राखेर
न हिउँदको खडेरी न बर्खा को झरी !
आफू भित्र आफ्नै अस्तित्व खोज्दै
दौडिरहेकि छिन `त्रिशुली´ यसरी !
न कसै को हुकुम न कसैको दवाव \
न कसैलाई सवाल न कसैलाई जवाफ
निरन्तर सदियौ देखि !
बगिरहेकि छिन अनबरत `त्रिशुली´ !
बग्न त म पनि बगिरहेको छु \
बाटो फरक गन्तव्य उहि \
कथा बेग्लाबेग्लै छन्
म गित,गजल र कहानी मा
हुन्छु \
उनी त त्रिशुली हुन मात्रै
पानी मा हुन्छिन् !
कयौं प्रहार ले विक्षिप्त मन
चोइटिन्छ कतै

हराउछन सहयात्री बालुवामा
बिलाए जस्तै केही थोपा \
यही किनारै -किनार हजारौं
यात्री ले गन्तव्य मा पुगेको खवर \
खै कस्ले सुनाओस मौन छ बगर \
यो यात्रा अनिश्चित कतै दूर
समुन्द्र को बस्ती तिर
न थकान को आभास
न फर्की आउने विस्वास
र पनि निरन्तर……
बगिरहेकि छिन
सदियौ देखी !

कुनै एकल रङ्ग को
दायरा भन्दा अल्लि पर
हरेक परिस्थितिमा आफु लाई
परिभाषित गर्दै, एकै रङ्ग मा देखाएर
अनेकौं रङ्ग \
निखारिन्छिन उनी सहेर चोट
छहरा अनि पहरा संग !
उनै को संगत मा छाटिएको
पत्थर एउटा \
पुजिन्छ अचेल भएर देउता !
खै कस्ले बुझ्यो त्रिशुली ?
तिमी निर्मल छौ \ तिमी कोमल छौ
कहिले बर्खे झरी संगै धमिलिदै
त,
कहिले हिउँदे खडेरी मा सङ्ग्लिदै \
या एकै रङ्ग भित्र
अनेक रङ्ग हरुको चरीत्र
बोकेर चुपचाप -चुपचाप
बेथिति बगिरहेको कथा !
देख्ने हरुले नदेखे जस्तै गरे पनि \
लेख्ने हरुले नलेखे जस्तै गरे पनि \
एउटा यात्रा अधुरो छ !
एउटा कथा अपुरो छ !
कतै नलेखिएको
कतै न देखिएको
त्रिशुली र म……!!!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *