कसरी छानिन्छन् मिस वर्ल्ड ? (श्रृखंलाले रचिन नयाँ इतिहास, मल्टिमिडिया अवार्ड सहित अन्तिम ३० मा सुरक्षित )

Featured विशेष समाचार

एजेन्सी, मंसिर १७ ।
मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो ।

उनले मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितेकी छिन् । केहीबेर अघिमात्रै दुबै अवार्ड जित्दै उनी मिस वर्ल्डको उत्कृष्टमा ३० मा पर्न सफल भएकी हुन् । अवार्ड जितेपछि खुशी साट्दै उनले सबैलाई धन्यवाद ज्ञापन दिएकी छिन् ।

मल्टिमिडियामा उनले म्याक्सिको र केन्यालाई पछि पारेकी हुन् । मल्टिमिडिया राउण्डमा फेसबुक, मोबस्टार एप, मिस वर्ल्डको वेबसाइट आदिबाट प्राप्त भोटको गणना हुन्छ । पर्यटनलाई प्रवर्धन गर्ने भिडियो बनाएको आधारमा दिइने टुरिज्म अवार्डमा भने उनी तेस्रो बनेकी छिन् । उनीअघि केन्या र चाइना थिए ।

कसरी छानिन्छन् मिस वर्ल्ड ?

‘टप–३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ । त्यो प्रतियोगिताबाट ‘टप(१५’ छनोट हुनेछन्। त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप–५’ छानिनेछन् ।

यसरी छनोट भएका ‘टप(५’ बाट तीन जना क्रमैसँग मिस वर्ल्ड, फर्स्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन् । बाँकी दुई जनाले भने निराश हुनु पर्नेछ । मल्टिमिडिया अवार्डका साथमा श्रृंखला । योसँगै उनी मिस वर्ल्डको उत्कृष्ट ३० भित्र पर्न सफल भएकी छिन् ।

यसअघि हेड टु हेड च्यालेन्जमा भने श्रृखंला सिंगापुरकी सुन्दरीसँग पराजित भएकी थिइन् । हेड टू हेडमा पराजित भएपछि टप ३० मा पर्न उनका अघि मल्टिमिडिया जित्दै अघि बढ्ने बाटो थियो । जुन आज उनले जित्दै अगाडीको बाटो खुला गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *