शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

समाचार

काभ्रेपलाञ्चोक, १ माघ 

मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् ।

कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिनुभयो । नगरकोट, काठमाडाँै, मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न नसकिएको उहाँले बताउनुभयो ।

शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ । बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताउनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *