वाइड बडी प्रकरण : चार शीर्षकमा यसरी गरियो घोटाला, के छ प्रतिवेदनमा ?

विशेष समाचार

काठमाडौं, १८ पुस 

 अहिले नेपाल वायु सेवा निगमले खरिद गरेको वाइड वडी जहाजको जताततै चर्चा चलिरहेको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइड बडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख घोटाला भएको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ठहर गरिसकेको छ । उपसमितिले बहालवाला दुई सचिवलाई निलम्बन गर्न सिफारिस गरिसकेको छ ।

उपसमितिले बुधबार सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाउँदै तत्कालीन सचिव प्रेमकुमार राई र शंकरप्रसाद अधिकारी, हालका पर्यटन सचिव कृष्णप्रसाद देवकोटा तथा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई तत्काल निलम्बन गरी भ्रष्टाचार अभियोगमा कार्बाही थाल्न सिफारिस गरेको समितिले जनाएको छ ।

उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई समेत कार्वाही गर्न सिफारिस गरेको छ । संसदीय समितिमै झुट बोलेको र जिम्मेवारीबाट टाढा बसेका कारण वाइड बडी खरिदमा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो हुनसक्ने उपसमितिले ठहर गरेको छ ।

पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई समेत कार्वाही गर्न समितिले सिफारिस गरेको छ । यस्तै उपसमितिले तत्कालीन पर्यटन मन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देवले नैतिक जिम्मेवारी नलिएका कारण कार्वाहीलाई लागि सिफारिस गरिएको समाचार स्रोतले जानकारी दिएको छ ।
राजन केसीको उपसमितिले तयार गरेको प्रतिवदेनमा जहाज खरिद गर्दा ४ शीर्षकमा आर्थिक हिनामिना भएको देखाइएको छ ।
जहाज खरिद प्रक्रियामा २४३ मेट्रिक टनको जहाज भनेर उल्लेख गरे पनि २ सय ३) मेट्रिक टनको जहाज ल्याउँदै ८४ लाख अमेरिकी डलर अर्थात् (४ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसै गरी एयरबस कम्पनीको तत्कालीन मूल्य र छुट रकमलाई नलिई गलत मनासयले ८ वर्ष पूरानो मूल्यमा वार्षिक मूल्यवृद्धि समायोजन गरेको प्रतिवदेनमा उल्लेख छ ।

यसरी नयाँ जहाजको मूल्यलाई लागत अनुमान बनाई प्रतिजहाज ११! करोड ८१ लाख ६३ हजार ७७३ निर्धारण गरिएको उल्लेख छ । तर, बोलपत्रमा एक हजार घण्टासम्म उडेको र सन् २०१४ पछि निर्मित भएको विमान हुनुपर्ने सूचना जारी गरी एयर बसबाट पाउने छुट रकमका हिनामिना गरेको उपसमितिले समितिमा बुझाइको प्रतिवेदनमा उल्लेख छ । यसरी जहाज खरिदको छुट रकम अन्तर्गत २ अर्ब ६४ करोडभन्दा बढी आर्थिक हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै जहाज खरिदमा एयर बसलाई मात्रै लागू हुने गरी मूल्य समायोजन हुने व्यवस्थबाट ६८ करोड भन्दा बढी आर्थिक हिनामिना गरेको प्रतिवदेनमा उल्लेख छ । यसैगरी जहाज निर्माणको क्रममा पूर्व निरीक्षणका नाममा विभिन्न संस्थाका ३८ जना कर्मचारीलाई भ्रमणमा लैजाँदा समेत एक करोडभन्दा बढी हिनामिना भएको प्रतिवदेनमा उल्लेख छ ।

अहिले केही बोल्दिनँ : पर्यटनमन्त्री अधिकारी
समितिले पर्यटनमन्त्री अधिकारीलाई कार्वाही गर्नुपर्ने सुझावसहित प्रतिवेदन बुझाइ रहेका बेला पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइड बडी जहाजमा आफ्नो संलग्नताबारे अहिले केही नबोल्ने बताएका छन् ।

भैरहवामा रहेका मन्त्री अधिकारीले भ्रष्टाचारमा अधिकारीको संलग्नता किटान गरिएपछि यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले भने, ‘अहिले म यस विषयमा केही बोल्दिनँ । ‘आवश्यक परेपछि म संगठित रूपमा बताउँछु ।’ अधिकारीले केही समयअघि एक अन्तरवार्ताका क्रममा वाइड बडी विमान भ्रष्टाचारमा आफ्नो संलग्नता देखिए राजनीतिबाट सन्यास दिने दावी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *