वरिष्ठ कलाकार गणेश मुनालको निधन , उनलाई श्रदाञ्जली दिन दर्जनौं चलचित्रकर्मी पशुपति आर्यघाटमा

Featured समाचार समाज

काठमाडौँ : ववरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका उनको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ उनको निधन भएको पुष्टि कलाकार निर्मल शर्माले गरेका छन् । उनी लामो समयदेखि अस्वस्थ थिए । निधन हुनुको कारण भने खुलेको छैन । अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ । काठमाडौं माहांकालका स्थायी बासिन्दा मुनालको केही बेरमा नै अन्तिम संस्कार गरिने कलाकार निर्मल शर्माले जानकारी दिएका छन् ।

‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘दिदी भाई’, ‘मिस्टर डन’ लगायतका फिल्ममा अभिनय गरेका उनी अभिनीत नयाँ फिल्म ‘गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए।उ नको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । उनलाई श्रदाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका छन् । स्वर्गीय मुनालका एक छोरा छन् । सशक्त अभिनय र वजनदार आवाजबाट उनले निकै ख्याती कमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *