लाइसेन्सको आवेदन अनलाइन प्रणालीले काम गरेन

समाचार सूचना-प्रविधि

७ मंसिर, काठमाडौं । शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् ।

यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै चलेको छैन ।

झण्डै एक महिना बन्द भएकाले सवारी चालक अनुमतिपत्र लिन धेरै सर्वसाधारण प्रतीक्षामा थिए । यातायात व्यवस्था विभागका एक प्राविधिकले भने धेरै मानिसले एकैपटक आवेदनको प्रयास गरेकाले अनलाइन प्रणालीले लोड धान्न नसकेको बताए । ‘अहिले पनि केही रिक्वेस्टहरु आइरहेको छ, तर धेरै मानिसहरुले एकै पटक आवेदन गर्दा सिस्टमले काम नगरेको हो’ उनले भने ।

देशभरीको आवेदन एउटै सिष्टममा आउने भएकाले लोड धान्न नसकेको उनले बताए । ‘हामीले स्पेस थप्न लागिरहेका छौं’, उनले भने ‘यो समस्या आज बेलुकासम्म समाधान हुन सक्छ ।

source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *