रिचमण्ड इन्टरनेशनल कलेजको नेतृत्व निरौलालाई

बागमती प्रदेश

काठमाडौैंः रिचमण्ड इन्टरनेशनल कलेज कलंकीको क्याम्पस प्रमुखमा दिपकबाबु निरौला नियुक्त हुनुभएको छ । शैक्षिक तथा प्रशासनीक क्षेत्रमा लामो अनुभव प्राप्त गर्नुभएका निरौला यस अघि गणेशमान सिंह बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको पद मा हुनुहुन्थ्यो।

राजनीतिक चलखेल र खिचातानीको चपेटामा परेका सहायक क्याम्पस प्रमुख निरौलाले क्याम्पस प्रमुखको रूपमा नियुक्ती हुनुभएको हो ।

क्याम्पसको शैक्षिक तथा प्रशासनीक उन्नयनमा निरौलाको योगदान अपरिहार्य भएकाले उहाँलाइ क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा नियुक्ती गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुखमा नियुक्त हुनुभएका निरौलाले क्याम्पसको उन्नतिका लागि हर प्रयासले काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । लामो समयदेखि अध्यपनमा लाग्नुभएका निरौला विद्यार्थीका प्रिय र सबैका मिलनसार व्यक्तीको रूपमा चिनिनुहन्छ ।रिचमण्ड इन्टरनेशनल कलेज काठमाडौ महानगरपालिका १६ लिंकमार्ग कलंकी काठमाडौमा अवस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *