मुकदर्शक मनाङ पुलिसः उपल्लो मनाङमा समस्यामा परेका पत्रकारको उद्धारमा प्रहरीको वेवास्था !

समाचार

मनाङः शसस्त्र द्धन्दको समयमा पनि शान्त रहेको मनाङमा स्थानीय बासिन्दाले शान्तिको अनुभुति गर्न सकेका छैनन। विशेषगरी हिमाली जिल्ला भएकाले अन्य अपराध भन्दा पनि आपतविपदमा परेकाहरुको उद्धार गर्नुपर्नेमा त्यस्तो नभएको पाईएको हो।

यस्तै समस्याको महसुस ग¥यो डेढ महिनादेखि लागेको आगलागिको विशेष रिर्पोटिङको लागि आएको सञ्चारकर्मीको टोलीले प्रहरीबाट सहयोग पाउन सकेन। नासो गाँउपालिका र चामे गाँउपालिकाबाट डेढ महिनादेखि लागेको आगो नियञ्त्रणमा आउन नसकेको बारे टोलीले विशेष रिर्पोटिङका गरेको थियो। टोलिमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका पत्रकार यदुप्रसाद भट्ट,पत्रकार महासंघ मनाङका उपाध्यक्ष नविन लनमिछाने र उकेरा डटकमका पत्रकार केशवप्रसाद पाण्डे रहनुभएको थियो।

यसैक्रममा प्रहरीलाई जानकारी गराएर टोली उपल्लो मनाङ पुगेको थियो। टोली मध्येका भट्टमा स्वास्थ्य समस्या देखिएपछि उपल्लो मनाङको अन्तिम प्रहरी चौकि सीमा प्रहरी चौकि हुम्डेलाई जानकारी गराएको थियो। यातायातका कुनैै साधन नचल्दा सञ्चारकर्मीको टोलीले प्रहरीसँग सहयोगको याचना गरेको थियो।

चौकि प्रमुख सई धनबहादुर थापाले चेन अफ कमाण्ड अनुसार माथिको आदेश आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउनुभएको थियो। ‘म माथि जाहेर गछु। आदेश आएपछि मात्र गर्न सकिन्छ।’सई थापाले भन्नुभएको थियो। यसका लागि उनले मनाङ प्रमुख डिएसपी मेखबहादुर कुँवरसँग झण्डै आधा टेलिफोन सम्पर्क गरका थिए तर, डिएसपी कुँवरले सञ्चारकर्मीलाई सहयोगका लागि ठाडै अस्विकार गर्नुभएको थियो।

साँझको समयमा समस्यामा परेका सञ्चारकर्मीले अनुनय विनय गर्दा समेत सहयोग पाउन सकेन। अन्तत चौकिमा कार्यरत एक जवानले मानवीयताको नाता देखाँउदै आफ्नै निजी मोटरसाईकलमा राखेर भट्टलाई पिसाङसम्म उद्धार गरेका थिए। पत्रकार भट्ट आफुमा स्वास्थ्य समस्या देखिएकाले साँझको समय र हिँउको कारण मानव वस्तीसम्म पु¥याउन सहयोग मागेको बताउनुहुन्छ। ‘यो ठाँउमा सहयोग माग्न प्रहरी मात्रै थियो। माथिल्लो मनाङबाट ३ घण्टा हिँडेर प्रहरीलाई सहयोग माग्दा पनि वास्ता गरिएन।’

अर्का पत्रकार पाण्डेले प्रहरीको यो कार्यशैलीले स्थानीयले प्रहरीको सहयोग पाउनेमा आशंका व्यक्त गरे। ‘जानकारी गराएर आएको पत्रकारको टोलीलाई त प्रहरीले सहयोग गरेन भने स्थानीयले प्रहरीबाट सहज सेवा पाँउछन भन्ने कसरी विश्वस्त हुन सकिन्छ?’ पाण्डेले भन्नुभयो।

यसबारे जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले यसबारे बुझेर आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो।

स्थानीयले डिएसपी कुँवर जिल्लामा आएदेखि आवश्यक पर्दा सहयोग पाउन नसकेको गुनासो गर्दै आएका छन। ‘डिएसपी कुँवर आएदेखि न त प्रहरीले उद्धारमा चासो दिएको छ न त सुरक्षामा नै सुधार आएको छ।’एक स्थानीयले नाम नबताउने सर्तमा भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *