मनाङ जिल्ला भरी नै नेपाल टेलिकमको सेवा पुग्यो

सूचना-प्रविधि

कार्तिक ३०, पोखरा

मनाङ जिल्लामा यस्तो ठाउँ पनि थियो जहाँ अहिले सम्म पनि मोवइल सेवा थिएन । तर आजको समयमा आएर बल्ल तल्ल नेपाल टेलिकमको ‘जीएसएम मोवाईल सेवा’ सञ्चालनमा आएको छ ।

हाल सम्म पनि मोबाईल सेवा नभएको त्यो ठाउँ हो मनाङ जिल्लाको अति बिकट मानिने नर्पा भूमि गाउँपालिकाको फू गाउँ । मनाङ जिल्लाको अति विकट मानिने ‘फु’ गाउँमा ‘जीएसएम मोवाईल सेवा’ सञ्चालनमा आएको छ । सेवाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका हुन ।

विकट गाउँमा मोवाईल सेवा पुर्याउनु आवश्यक रहेको समेत बाँस्कोटाले बताए । आजको यूगमा पनि टेलिफोन तथा मोवाइल सेवा नपुग्दा अझै पनि विकटका नागरिक प्रविधिबाट वञ्चित हुनुपरेको दुःख ब्यक्त गर्दै बास्कोटाले भने । विकट गाउँमा मोवाईल टावर सञ्चालनमा आएसंगै स्थानीयमा खुशी छाएको छ । मोवाइल सेवा सञ्चालनमा आएसंगै स्थानीयले सूचना र प्रविधिको प्रयोग गर्न पाउने भएका हुन ।

नेपाल टेलिकम मनाङका अनुसार समुद्री सतहदेखि ४ हजार दुई सय मिटर उचाईमा भिस्याङ लिङ्कबाट जडान गरिएको मोवाइलको टावरले नजिकै देखिने नामजुङ पिक र हिमलुङ हिमालको बेस क्याम्पसम्म काम गर्नेछ । ‘टावरले नार गाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिपी पाससम्मका साथै माथिल्लो मुस्ताङ प्रवेश गर्ने सलिपुङ पाससम्म काम गर्नेछ,’ टेलिकम मनाङका प्रमुख ङिमाङिटु लामाले बताए ।

उनका अनुसार नारर्पाभूमी गाउँपालिका ४ र ५ ‘फु’ गाउँको टासी ल्हकाङ गुम्बा परिसरमा टावर राखिएको छ । रिपिटर टावरको रेडियो लिङ्क तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि ‘फु’ गाउँमा ‘स्याटलाईट लिङ्क’ प्रयोग गरिएको हो ।

स्थानीयका अनुसार ‘फु’ गाउँ पुग्न मनाङको सदरमुकाम चामेबाट दुई दिन लाग्छ । गाउँमा करिब ५५ घरधुरी छ ।नारपाभूमी गाउँपालिका पर्यटकीय क्षेत्र समेत रहेको स्थानीयबासी तथा नार्पा भूमि गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले बताए । यो गाउँ आफैँमा पर्यटकीय गाउँ हो ।

गाउँमा मोवाईल सेवा, ईन्टरनेट नहुँदा स्थानीयका साथै पर्यटकले समेत सास्ती खेप्दै आएको सो क्षेत्रमा अव मोवाईल सेवा सुरु भएको छ । यसले सूचना र प्रविधिको प्रयोगमा सजिलो बनाउने लामाले बताए । धेरै समय पछि भए पनि मोबाईल सेवा प्रयोगमा आएकोमा स्थानीबासीहरु पनि खुशि भएको स्थानीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *