भाडा घटाएर वलेवामा जहाज चलाउन नगरपालिकाको प्रस्ताव

Featured गण्डकी प्रदेश विशेष समाचार

बागलुङ/ बलेवा विमानस्थलको हवाई भाडादर घटाएर सेवालाई नियमीतता दिन बागलुङ नगरपालिकाले नेपाल एयर लायन्सलाई अनुरोध गरेको छ । सेवालाई निरन्तरता दिन नगरपालिकाले बलेवा विमानस्थलदेखि काठमान्डौ सम्मको हवाईभाडा प्रतियात्रु ५ हजारका दरले कायम गर्न प्रस्ताव गरेको हो। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नेपाल एयरलाइन्ससँग छलफल गरेर बलेवा विमानस्थल पून सच्चालनमा ल्याईने वताए । हामीले हवाईभाडा घटाएर सच्चालनमा ल्याउन पहल गरेका छौ, नगरप्रमुख पौडेलले भने–भाडा घटाएर पून सञ्चालन गरिनेछ ।
बलेवा विमानस्थलदेखि काठमान्डौसम्मको भाडा ६ हजार ५ सय तोकिएको थियो । यो भाडा महङ्गो भएको बन्दै स्थानियले गुनासो गरेका थिए । बलेवा विमानस्थलदेखि नियमित जहाज सच्चालनमा ल्याउन सकेमा प्रति यात्रु ५ हजार भाडा स्विकृत हुने आश्वान नेपाल एयरलाइन्सले दिइएको नगर प्रमुख पौडलले बताए । बलेवा विमानस्थलसम्म पुग्ने सडकको स्तरउन्नती गर्ने र विमानस्थलको धावनमार्ग कालपत्रे गर्ने योजनासमेत नगरपालिकाले अगाडि सारेको छ । अहिले विमानस्थलसम्म पुग्ने सडक मर्मतको काम नगरपालिकाले गरिरहेको र विमानस्थल नियमित सच्चालनमा आएमा पर्यटन मन्त्रालयवाटै नै रन वे का आधारमा कालपत्रे हुने नगर प्रमुख पौडेलले जानकारी दिए ।
जहाजको भाडा महँगो भएकाले अधिकांश यात्रुहरु जहाजमा यात्रा गर्न कठिनाई भएको र खाली सिटको आर्थिक व्ययभार नगरपालिकामा परेको थियो । यसका अलवा जहाजमा यात्रा गर्ने ब्यवसायीहरुको पनि कमी रहेको वताईएको छ । यसका लागि सवैतर्फबाट सहयोग आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।
गत वर्षदेखि सच्चालनमा आएको जहाजको सिटभार नगरपालिकाले बहन गर्दा नगरपालिकाको २० लाख खर्च भएको छ । अव जहाज सच्चालन गर्दा सिटभार नगरपालिकाले नवेहार्ने गरि सच्चालनमा आउने नगरप्रमुख पौडलको भनाई छ । अहिले नेपाल एयरलाइन्समा जहाजको संङ्ख्या पनि बढेको र पुराना जहाज मर्मत भएकाले नियमित जहाज सञ्चालन गर्न सहमति भएको नगरप्रमुख पौडेलले वताए । बलेवा विमानस्थल बन्द भएको २६ वर्ष पछि बागलुङ नगरपालिकाको सक्रियतामा गत वर्ष देखि सञ्चालनमा आएको थियो । source :newsdabali

Leave a Reply

Your email address will not be published. Required fields are marked *