गोरखा, २३ मङ्सिर
बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिनुभयो । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उहाँले बताउनुभयो ।
गाउँपालिका र रोटरी अफ बज्रमनास्लु गोरखाको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । (रासस)