बस र ट्रक ठोक्किदा २१ घाइते

Featured विशेष समाचार

लमही, १५ माघ  : दाङमा सवारी दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । लमही नगरपालिका–९ रिहार नजिकै आज यात्रुवहाक बस र ट्रक ठोक्किदा २१ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएकामध्ये नौ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ, भने अन्य १२ जनाको लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १२८२ नम्बरको ट्रक ठोक्किदा ट्रक चालक र बस चालक गम्भीर घाइते रहेका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । बसको लापरवाहीका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *