प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन :

राजनीति विशेष समाचार

काठमाण्डौ, १8 पौष ।
संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले जवराको संसदीय सुनुवाई गर्दे सर्वसम्मतले प्रधानन्यायधिश पदमा अनुमोदन गरेको हो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । चोलेन्द्र चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहनुहुनेछ ।


समिति सभापति लक्ष्मणलाल कर्णले सुनुवाइको प्रक्रिया अनुसार उजुरीकर्तासंग र प्रस्तावित प्रधानन्यायाधीश जवरासंग छलफल गरेको भन्दै जवराको दृढतालाई मध्यनजर गर्दे सर्वसम्मतले अनुमोदन गरेको बताउनुभयो ।
उहाले जवराले समितिमा पेश गरेको कार्ययोजना पुरा गर्दे लैजाने विश्वास व्यक्त गर्नुभयो ।सुनुवाइका क्रममा जवराले संसदीय समितिका यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । जुवा, प्रेरणा र छप्कैया पोखरीको मुद्दाका बारे जवाफ दिँदै उहाले कुनै पनि मुद्दामा आफ्नो बदनियत नरहेको दाबी गर्नुभयो । त्यस्तै उहाले कानुनी बिचलनका आधारमा आफुले कुनै काम नगरेको पनि बताउनुभयो ।
जवरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अदालतमा मंगलबार अन्तिम दिन हो । उहा उमेर हदका कारण अवकाश प्राप्त गर्दैहुनुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *