प्रजातान्त्रिक महासंघ बागमति प्रदेशको प्रचार विभाग संयोजकमा मोक्तान

बागमती प्रदेश

काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभाग अन्तर्गत बागमति प्रदेशको संयोजकमा लालकुमार मोक्तान नियुक्त भएका छन् ।

महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बैठकबाट मोक्तानलाई बहुमतले बागमतिको संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले बताइन् ।

नेविसंघ दोलखाका सह–सचिव, जनजाति संघ दोलखाको सचिव हुँदै, प्रेस युनियनमा आवद्ध भइ लामो समय देखि निरन्तर पत्रकारीता पेशामा आवद्ध रहेका मोक्तान तामाङ पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका छन् ।

देशान्तर साप्ताहिक र एभिन्यूज खवरमा आवद्ध भइ लामो समयदेखि टेलिभिजन पत्रकारीतामा सक्रिय उनी अहिले कृषि टेलिभिजनमा कार्यरत छन् ।

मोक्तानसंगै प्रदेश नं. १ को संयोजकमा सोम सुसेली पनि नियुक्ति भएका छन् । ट्रेड युनियनमा रहेर छापा सञ्चार माध्यम र रेडियोमा लामो समय देखि आवद्ध उनी निरन्तर पत्रकारीता पेशामा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *