पोखरा ८ सृजनाचोकका युवाहरुद्वार युनिटी युवा क्लबको स्थापना

समाचार समाज

जेठ १५, पोखरा,

पोखरा महानगरपालिका वडा नं ८ का युवाहरुद्वारा युनिटी युवा क्लब स्थापना भएको छ ।”सङै काम गरौ” (लेट्स डु इट टुगेदर) भन्ने मुल नाराका साथ स्थापना भएको यश क्लबले खेलकुद, शिक्षा, स्वास्थ, र बालबालिकाको उन्नतिको लागि बिशेष पहल गर्ने जनाएको छ । सर्वसम्वत रुपमा ११ जनाको कार्यकाल गठन भएको छ ।क्लबको अध्यक्षमा सुनिल खड्का , प्रथम उपाध्यक्षमा ईस्वार पहारी, र दृतिय उपाध्यक्षमा आशिष बराल चयन भएका छन ! यस्तै गरि किरण भण्डारी, सन्दिप भुसाल र पृतम गुरुङ क्रमशः सचीव, सहसचिवमा चयन भएका छन भने कोषाध्यक्षमा दिपा राई रहेकी छन।समितिको सदस्यमा बिशाल गुरुङ, सुबास सापकोटा, पुर्ण नेपालि, र सबिना परियार रहेका छन । कोरोनाको कारण विश्वब्यापी रुपमा बन्दाबन्दी भैइरहेको अवस्थामा युवाहरुको समुह मिलेर समाज भएको विकृती, बिसङगतीलाई चिरफार गर्ने उदेस्यका साथ लागि पर्ने जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *