पोखरा महानगरपालिका वडा नं. २१ ले पानी बर्ष अभियान सम्पन्न गरेको छ

Featured गण्डकी प्रदेश समाचार

पोखरा, २१ असार । पोखरा महानगरपालिका वडा नं. २१ ले पानी बर्ष अभियान सम्पन्न गरेको छ ।
शनिवार पोखरा २१ कृस्ती स्थीत वडा कार्यालय भवनमा वडा अध्यक्ष खगराज आचार्यको प्रमुख आतिथ्यता बिभिन्न टोल विकास संस्थाका अध्यक्ष अनुगमन समिती तथा उपभोक्ता समितीको उपस्थिीमा बिशेष कार्यक्रम गरी योजना सम्पन्न भएको जानकारी गराएको हो ।

आ.व ०७५।७६ मा पोखरा महानगरपािलकाबाट प्राप्त एक करोण सात हजारको लागतमा १६ आयोजनाको टंकी निमार्ण २४ आयोजनाको पाइपलाइन विस्तार र ८ वटा खानेपानी स्रोत मर्मत तथा सुधार गरी उक्त योजना सम्पन्न गरिएको उक्त असरमा जानकारी दिइयो ।

खानेपानी आयोजना विस्तार मर्मत तथा संरक्षणका लागि बर्षे अभियानका रुपमा एकिकृत रुपमा उपभोक्ताबाट यति ठुलो काम सम्पन्न गरिएको उक्त सिमतीका अध्यक्ष रोशन भट्राइले जानकारी दिनु भयो ।

जनातको सबैभन्दा ठूलो माग नै पानी त्यसैले खानेपानीका लागि पानी बर्ष अभियान चलायौः वडा अध्यक्ष खगराज आचार्य

माग खानेपानी भएको र जनताको माग र आवश्यकता सम्बोधन गर्नकै लागि पानी बर्ष अभियान घोषणा गरेको बताउदै ।
यो अभियान उपभोक्ताबाट सबैभन्दा छोटो अवधिमा सम्पन्न गरिएको सबैभन्दा ठूलो अभियान भएको बताउनु भयो । स्थानिय जनताको माग र बढि पानी आवश्यकता रहेको तथा निमार्णाधिन सहलगानी खानेपानी प्रभाव क्षेत्रमा बढि काम गरिएको बताउनु भयो ।

५००० भन्दा बढी जनता प्रत्यक्ष लाभान्वित

सा अभियानका क्रममा निमार्ण भएका १६ वटा नयाँ टंकी २४ आयोजनाको पाइप विस्तार तथा ८ वटा आयोजनाको स्रोत सँरक्षण तथा सुधारबाट ५००० भन्दा बढि घरधुरी प्रत्यक्ष लाभान्वित भएको दावी छ ।
यस अभियान सम्पन्न भए सँगै बढि जसो महिला बालबालिका तथा जेष्ठ नागरिकलाई सहज हुने र अधिकाशं आयोजना खानेपानीबाट बढि प्रभावित क्षेत्र दलित बस्ती योजनामा कम पहुचँ भएका क्षेत्र तथा योजना नजुध्ने गरी काम गरीको समितीका संयोजक बताउछन् ।

योजनाको पारदशिता तथा योजनाको गुणस्थरमा कुनै कमी हुन दिएनौ अध्यक्ष राेशन भट्टराइ

योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन र गुणस्थरिय रुपमा निर्धारित समयमा नै काम सम्पन्न गर्नका लागि कुनै कसर बाकी नराखिएको बताउदै कृस्ती निर्मलपोखरी खानेपानी निमार्ण अभियानका संयोजक रोशन भट्टराइले अत्यन्तै जटिल काम उपभोक्ता स्थानिय सरकार र आम सुभेच्छुकको सहयोगले निधारित समयमा नै सम्पन्न गरिएको बताउनु भयो ।
हामी आर्थिक रुपमा पारदर्शि छौ योजनाको प्राविधिक स्टमेट अक्षेरस पालन गरेका छौ । हामी स्थानिय सरकार आम उपभोक्ता अनुगमन समिती र अन्य सरोकारवाला सगँ समन्वय गरेर काम गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *