पोखरामा राजा ज्ञानेन्द्र र कमल थापाबीच एक घण्टा भेटवार्ता

गण्डकी प्रदेश विशेष समाचार

पाेखरा पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अधयक्ष कमल थाापाबीच एक घण्टा लामो भेटवार्ता भएको छ।

शुक्रबार पोखरा १७ दोबिल्लाको माउन्टेन ग्लोरी रिसोर्टमा बसिरहेका ज्ञानेन्द्रसँग थापाले त्यहीँ पुगेर भेटेका हुन्।  अध्यक्ष थापाले पूर्वराजासँग भेट्नुअघि पत्रकारसँग कुरा गर्दै यसअघि जस्तै आज भेटवार्ता हुने बताएका थिए।

राजसंस्था सबैको साझा भएको हुँदा राप्रपा नेपाल पार्टीसँग पूर्वराजाको विशेष निकटता रहन नसक्ने उनको भनाइ थियो। फागुन ७ गतेदेखि राप्रपाले सुरु गर्न लागेको हिन्दु राष्ट्र पुनर्स्थापना अभियानको तयारी स्वरुप आयोजित प्रदेश स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणका लागि थापा पोखरा आएका हुन्।

उनले शुक्रबार ११ बजेतिर पूर्वराजासँग भेट गरेको आफ्नो ट्विटरबाट पनि पुष्टि गरेका छन्।

‘कार्यक्रममा भागलिन पोखरामा आएको बेला पोखरामा नै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसंग आज बिहान शिष्टाचार भेटगर्ने अवसर प्राप्त भयो’, उनले ट्विटमा लेखेका छन्’,  उनले ट्विटमा लेखेका छन् , ‘मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गंभीर चिन्ता रहेको पाएँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *