पोखराका होटलमा ४० प्रतिशत अकुपेन्सि, ६० प्रतिशत अग्रिम बुकिङ :

Featured समाचार

पोखरा १४, पुष

पोखराका पर्यटकीय स्तरिय होटलमा यति वेला करिब ४० प्रतिशत होटल अकुपेन्सि रहेको छ । अगेंजी नयाँ बर्षको अवसरमा शनिबार सम्म पोखरा क्षेत्रका होटलको करिब ४० प्रतिशत जसो अकुपेन्सि रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

उनका अनुसार पोखरामा तेश्रो मुलुकका पर्यटकको होटल अकुपेन्सि करिब १५ प्रतिशत जसो रहेको छ । विदेशी पर्यटक सहित भारतीय र आन्तरिक पर्यटक गरी हाल पोखरामा ४० प्रतिशत होटल अकुपेन्सि रहेको अध्यक्ष तुलाचनले जनाए । अगेंजी नयाँ बर्षको अवसरमा पोखराका अधिकाशं होटलहरु बुकिङ हुने गरेकोमा हालसम्म अगेंजी नयाँ बर्षको लागि करिब ६० प्रतिशत मात्र अग्रिम बुकिङ भएको उनले जनाए । डिसेम्बर ३०, ३१ र जनवरी १ तारिखसम्मको लागि हाल ६० प्रतिशत होटलको रुमहरु अग्रिम बुकिङ भएको अध्यक्ष तुलाचनले जनाए । अधिकाशं नेपाली पर्यटकहरुले अन्तिम समयमै बुकिङ लिने गरेको उनले जनाए ।

उनका अनुसार पोखरा क्षेत्रमा हाल दैनिक एक रातमा २० हजार पर्यटकहरुलाई राख्न सकिन्छ । पोखरा क्षेत्रमा हाल करिब पयर्यटक स्तरिय ४ सय होटल संघमा दर्ता भएका छन भने एक सयको हाराहारीमा दर्ता बाहिर छन । १० हजार रुम रहेको पोखरामा २० हजार वेड रहेको उनले बताए । पोखरा क्षेत्रका होटलमा करिब एक खर्व लगानी भएको व्यवसायीको दाबी छ । अगेंजी नयाँ बर्षको अवसरमा पोखरामा जारी सडक महोत्सवको अवसरमा आगन्तुक पाहुनाहरुलाई रेष्टुरेण्टको विभन्नि खानामा १० प्रतिशतसम्म छुटको व्याबस्था गरेको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए । रेवान पोखराका पुर्व अध्यक्ष सुर्य बहादुर भुजेलले सडक महोत्सवको अवसरमा होटलको रुममा ५० प्रतिशतसम्म मुल्य बृद्धि हुने बताएका थिए ।

यसै बिच कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले कुनै मेला वा महोत्सवको अवसर पारी कसैले तोकेको मुल्य भन्दा एक रुपैया पनि बढी लिएको भेटिएमा कारवाही गर्ने चेतावनी दिएका छन। उनले भने “ कुनै मेला र महोत्सवको अवसरमा कसैले मौका छोपेर आम उपभोक्ता तथा पर्यटकहरुलाई ठग्ने नियतले बढी शुल्क लिएको प्रमाण भेटिएमा हामी कारवाही गरी छाडुर्छौं । ” मुल्यको बिषयमा संघका अध्यक्ष तुलाचनले आफुहरुले कुनै मेला र महोत्सवको अवसर पारेर मुल्य बृद्धि गर्ने कुनै निर्णय नभएको जनाए । त्यसै गरी रेवान पोखराका अध्यक्ष भुजेलले महोत्सवको अवसरमा रेष्टुरेण्टहरुको मेनु भन्दा बढी मुल्य कसैले लिएको खण्डमा आफुहरुले पनि उनीहरु उपर कारवाही गर्ने चेतावनी दिएका छन। उनले भने “ तपाँइहरुलाई कुनै खानेकुरा महङगो लाग्न सक्छ, त्यसको लागि पहिला मेनु हेरेर मात्र खाना अडर गर्नु होला, यदि कसैले तोकेको मुल्य भन्दा बढी मुल्य लिएमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु भयो भने हामी कारवाही गर्न तयार छौं । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *