पोखराका तन्नेरी रंगकर्मीहरुद्धारा वृद्धाश्रमलाई नगद सहयोग प्रदान ः

गण्डकी प्रदेश समाचार

पोखरा, २९ पौष ।
पोखराका तन्नेरी रंगकर्मीले नाटक मञ्चन वापत संकलित रकम वृद्धाश्रमलाई सहयोग गरेका छन् । ओथेलो नाटक समूह पोखराले पुस ६ र ७ गते पोखरा वृद्धाश्रमको सहयोगार्थ नाटक जयगान मञ्चन गरेको थियो ।
रंगकर्मीहरुको उक्त सहयोगमा नाफा रकमको योगदान रहेको जनाईएको छ । समूहका अध्यक्ष आशीष अधिकारी, लेखक कृष्ण उदासी र रंगकर्मी हेमन्त हितैसी लगायतले पोखरा वृद्धाश्रम सीतापाइला मै पुगेर अध्यक्ष टीकाबहादुर भण्डारी र सहसचिव बुद्धिप्रसाद पौडेललाई नागद रु.१० हजार प्रदान गरेका हुन् ।
समूहले लेखक, भेषभूषा, शृगाार, व्यवस्थापक, संगीत संयोजक, स्वंसेवक र कलाकारलाई पनि पारिश्रमिक दिएको छ । वृद्धाश्रमका अध्यक्ष भण्डारीले सामाजिक चेतना सहित नाटक मञ्चन गरी वृद्धाश्रमलाई समेत सघाएकोमा आभार पनि व्यक्त गरे ।
नाटककार कृष्ण उदासीका अनुसार ओथेलो नाट्य समुहले मञ्चन गरेको नाटक जयगान पोखरामा पहिलो प्रयोगवादी नाटक हो । उनले नाटक प्रति निर्देशक र कलाकारहरुले प्रदान गरेको न्यायका सम्बन्धमा सन्तुष्टी व्यक्त गरेका छन् ।
ओथेलोका अध्यक्ष आशीष अधिकारी नेपाली नाटकलाई व्यवसायिक र स्तरीय बनाउन समूह प्रतिवद्ध रहेको बताउछन् । उनले समाजलाई रंगमञ्चसँग जोडेर नेपाली नाटकको श्रीवृद्धिमा लाग्ने संस्थाको उद्देश्य रहको बताए ।
ओथेलोकी सचिव सबु पाठकले कलाकारलाई रंगमञ्चले नै बचाउन सक्ने परिस्थिति निर्माण हुँदै गएको बताइन् । दशर्कबाट पाएको प्रतिक्रियाले उत्साहित भएको उल्लेख गरेकी उनले रंगमञ्चमा समूह निरन्तर क्रियाशील रहने प्रतिवद्धता पनि जनाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *