तरुलको मूल्य यस वर्ष पोहोर भन्दा सस्तो :

समाचार

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो ।

अघिल्लो वर्ष प्रतिकिलो ५५ रुपैयाँ देखि १५० रुपैयाँ प्रतिकिलो सम्ममा खरिदबिक्री भएको तरुल यस वर्ष ४० रुपैयाँदेखि १२० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भईरहेको छ ।

माघे संक्रान्तिलाई लक्षित गरि उपत्यकामा यस वर्षको पुस महिनामा मात्र ९६२ क्विन्टल तरुल, १३१ क्विन्टल पिँडालु र १६४ क्विन्टल सखरखण्ड आयात भएको छ।

यस वर्ष उत्पादन एवं आयात बढेका कारण तरुल तथा कन्दमुलको मूल्य घटेको उनको भनाइ छ । अघिल्लो वर्ष साढे ६ सय क्विन्टलमात्र आयात भएको थियो भने यस वर्ष ९६२ क्विन्टल भित्रिएको  तथ्यांक छ ।

उपत्यकामा सर्लाही, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र केही मात्रामा भारतबाट पनि कन्दमुल आयात हुने गरेको छ । उपत्यकामा स्थानीय प्रजातीका रातो, सेतो, हात्तीपाईले जस्ता विभिन्न प्रकारका तरुल भित्रिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *