मुख्यमन्त्रि बाट प्रमुख संरक्षकत्व प्रदान

खेलकुद गण्डकी प्रदेश समाचार

पोखरा, २९ पुस ।

आगामी फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा पोखरामा हुने “१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५” लाई गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले प्रमुख संरक्षकत्व प्रदान गरेका छन ।
प्रमुख संरक्षकत्व प्रदान गरेको पत्रमा गण्डकी प्रदेशको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्यताका साथ सफल बनाउन पनि मुख्यमन्त्रि गुरुङले आह्वान गरेका छन ।
संरक्षकत्व प्रदान गरिएको पत्रमा गण्डकी प्रदेशकको राजधानी पोखरामा फागुन ७ गते आयोजना हुने  पोखरा अन्तर्राष्टिय« म्याराथनमा गण्डकी प्रदेशका सबै खेलप्रेमीहरुलाई सहभागी हुन र सफलतापूर्वक सम्पन्न गर्न उनले आह्वान गरेका छन ।
स्मरिणय के छ भने गत वर्ष आयोजना भएको १२ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समेत मुख्यमन्त्रि गुरुङ ‘रन फर फन’ मा सहभागी भएर पोखरा म्याराथन प्रती एकेवद्धता जनाएका थिए । खेलकुदमा एकैदमै रुची राख्ने मुख्यमन्त्रि गुरुङ पोखरा लगाएत प्रदेशका कुनै पनि जिल्लामा आयोजना हुने खेलकुद कार्यक्रमहरुमा सहभागिता जनाएर एकेवद्धता प्रकट गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *