पाँच बर्षमा संसारलाई चकित पार्ने गरि बिकास हुन्छ– गिरी

गण्डकी प्रदेश समाचार

पर्वत /पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले मुलुक सम्बृद्धिको बाटोमा अघि बढेका कारण अबको पाँच बर्ष भित्रमा संसारलाई चकित पार्ने गरि बिकास हुने बताएका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १४ मा शुरु भएको रयालेडाँडा मेला तथा वडास्तरीय भलिवल प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य गिरीले सरकारले सम्बृद्धि हाँसिल गर्नका लागि आवश्यक पुर्बाधार तयार पारेकाले संसारलाई चकित पार्ने गरि बिकास हुने बताएका हुन ।
‘सरकारले बजेट मार्फत संसारलाई चकित पार्ने गरि बिकासका पुर्वाधार तयार पारेको छ’ उनले भने ‘अबको दुई बर्षपछि कसैले कल्पना सम्म नगरेको बिकास गरेर देखाउँछ’ सरकारले असार सम्म अघिल्लो सरकारको बजेट कार्यान्वयन गरेका कारण आफुले केही नपाएको र आफ्नो बजेट सरकारले कार्यान्वयन गर्ने चरणमा रहेका कारण केही नभएको जस्तो भ्रम पार्न खोजिएको स्पष्टीकरण दिए ।
उनले दोबिल्ला देखि आर्थर हुँदै पञ्चासे जोड्ने सडक आफ्नो कार्यकालमा कालोपत्रे गरि छाड्ने आश्वासन दिदै यस बर्ष प्रदेश सरकारबाट ५० लाख बजेट बिनियोजन भएको जानकारी दिए । पञ्चासेको पर्यटकीय संभावनालाई आर्थरले उपयोग गर्ने र आर्थिक अबस्था सुधार गर्नका लागि बजेट र कार्यक्रम पार्न आफुँले जोड दिने बताउँदै गिरीले युवाहरुका लागि आवश्यक खेल मैदान निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले सरकारका तीन वटै तहले प्रभावकारी काम गर्ने वातावरण बल्ल तयार भएकाले जनतालाई निराश नभई बस्न आग्रह गरे। उनले सबै तहले बजेटको प्रभाबकारी बितरण र योजनाहरुको कार्यान्वयन गरेपछि आगामी बर्षहरुमा बिकासका धेरै परिर्वतनहरुको अनुभूति हुने गरि काम भैरहेको छ भने ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख यामकुमारी राना, नेकपाका जिल्ला संयन्त्र सदस्य गोबिन्द पहाडी, कुस्मा १४ का वडा अध्यक्ष भीमप्रसाद गुरुङ्ग, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका कोषाध्यक्ष आनन्द रिमाल, पञ्चकोशी माबिका प्रअ अर्जुन पौडेल लगायतले मेला सफलताको शुभकामना दिएका थिए ।
दियाली ब्रर्दश युथ क्लब रयालेडाडाँका अध्यक्ष गंगाबहादुर बिक(कुशल)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिब शरण बिक र सञ्चालन बबि सुनारले गरेकी थिइन । मेलामा हुने भलिबल खेलमा १५ टिम सहभागी छन । प्रथम हुनेले ४० हजार नगद, शिल्ड र प्रमाणपत्र, द्धितियले ३० र तृतिृयले १५ हजार नगद सहित पुरस्कार पाउनेछन ।
Source newsdabali

Leave a Reply

Your email address will not be published. Required fields are marked *