गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

गण्डकी प्रदेश समाचार

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन भयो ।

भारत सरकारको आर्थिक तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको सो भवनको नेपालका लागि भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारले उद्घाटन गरेका हुन् ।

उनले भवनको उद्घाटन गर्दै भारत सरकारले नेपालमा जलविद्युत, शिक्षा, खानेपानी, श्वास्थ्य लगायतका धेरै परियोजनाहरुमा कार्य गर्दै आएको र आगमि दिनमा पनि जारी रहने वताए ।

साथै उनले नेपाल भारतको सम्बन्ध धेरै पुरानो रहेको र राजनैतिक सम्बन्ध ७० वर्ष देखि रहँदै आएको वताउँदै नेपाल विकासमा भारत सरकारले सहयोग गर्दै आएको सर्बविदितै रहेको र स्थानिय जनताको प्राथमिकताका योजनाहरुमा भारत सरकारले स्थानिय सरकार संग मिलेर काम गर्ने वताए ।

सो अवसरमा राष्ट्रिय सभा सदस्य विन्दा राना, गण्डकी प्रदेश सदस्य कृष्ण थापा, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री, स्थानिय समन्वय अधिकारी डिल्लिराम सिग्देल, पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीलगाएतले नेपालको विकासमा भारत सरकार योगदान रहेको वताएका थिए ।

क्याम्पस प्रमुख धर्मराज वरालले स्वागत मन्तव्य दिंदै क्याम्पस भवन निर्माण तथा शैक्षिक गतिविधिहरुको वारेमा जानकारी दिएका थिए ।

मुक्तीनाथ रेग्मी जे.भि. पोखराले इस्टिमेट गरेको ४ करोड ३९ लाख ९० हजार पाँच सय ४२ रुपैयामा ६.६३ प्रतिशत घटि ४ करोड १० लाख ७१ हजार छ सय १९ रुपैयामा वनाउने सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनिले २०७३ साउन १४ गते सम्झौता गरी २०७४ कार्तिक १३ गते सम्पन्न तिन वटा भवनमा २१ कोठा छन् ।

क्याम्पक संचालक समितिका अध्यक्ष डा. भूपति ढकाल कमलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रध्यापक लेखनाथ वरालले गरेका थिए ।

कार्यक्रममा छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए भने पञ्चेवाजा वजाएर अतिथिहरुको स्वागत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *