पाँचखालको ईट्टा भट्टामा दुर्घटना ४ महिने वालकको मृत्यू

बागमती प्रदेश विशेष समाचार

पाँचखाल, ३ माघ– काभ्रेको पाँचखाल नगरपालिकामा संचालित हनुमान ईटा उद्योगको डग भत्किंदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ४ महिने वालक नविन विक रहेका छन् । घटनामा अन्य ४ जना घाइृते भएका छन् ।  घाईते रहेका झरना घर्ती, सितादेवी पासवानको नाम खुलेपनि अन्यको नाम खुलेको छैन । घाइृतेर्को  धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सानु कोजु लगायतको लगानीमा संचालित उद्योगमा दुर्घटना भएको खबर प्राप्त भएपनि थप विवरण भने आइसकेको छैन । डग पल्टिदा अन्य मजदुरहरु पनि पुरिएको हुन सक्ने आशंका गरिएको छ ।
एकसाता अघि पनि पाँचखालकै घट्टाको पोखरीमा डुबेर एक जना वालीकाको मृत्यू भएको थियो  ।

आजै मापदण्ड विपरित भट्टा संचालनमा रोक लगाउन माग राख्दै पाँचखालबासीहरु आन्दोलनमा उत्रिएका थिए । नगरपालिको कार्यालयमा हजारौं जनता उत्रिरहेकै समयमा उता भट्टाको डग भत्किएर दुई जनाको ज्यान गएको हो ।

पाँचखालमा संचालित ईटा उद्योगका कारण जनस्वास्थयमा हसर परेको भन्दै स्थानियहरु आन्दोलनरत छन् ।मन्दिर पोखरीसँग, जंगल घना वस्ती बीचमै भट्टा संचालन भएकोमा स्थानियबासीहरु बर्षैदेखि आन्दोलन गरिरहेका छन् ।

आज भएको छलफलमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले ८ दिनको समय माग्दै भट्टाको विषयमा निर्णय लिन आश्वासन दिएको पाँचखाल वातावरण बचाउ समितिका अध्यक्ष सुर्य भेटवालले जानकारी दिए । मेयरले ८ दिन समय मागेर निर्णय दिने बताउनुभयो भेटवालले भने ।

Source :chakrapath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *