न्युनतम पारिश्रमिकको माग गर्दै निजामती अस्पतातमा आन्दोलनको घोषणा!

Featured विशेष समाचार

काठमाडौं ।

मिनभवनमा रहेको निजामति कर्मचारी अस्पत्ताललाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५को ८३.८७ प्रतिशत र आर्थिक वर्ष २०७६/०७७ को वेरुजुलाई शुन्य बनाउन सफल भई आर्थिक पारदर्शिता कायम गर्न सफल भएको भन्दै निजामति कर्मचारी अस्पत्ताललाई सर्बोत्कृष्ठ कार्य गरेको भन्दै सम्मानित ग¥यो । मन्त्रालयबाट सर्वोत्कृष्ट भएर सम्मान पाईरहँदा सोही दिन अस्पतालका कर्मचारी भने सामान्य प्रशासन मन्त्रीलाई भेटेर अस्पत्तालले आफुहरुलाई न्युनतम सेवासुबिधा नदिई अस्पताल व्यवस्थापनले अन्याय गरेको गुनासो गरिरहेका थिए । एकै दिन भएका यी घटनालाई कामलाई सँयोग नै मान्नुपर्छ । आर्थिक अनुशासन र पारदर्शितामा सर्बोत्कृष्ठ भन्दै सम्मानित भएको यस अस्पत्तालका कर्मचारीहरु भने बषैाँदेखि सरकारले नै तोकेको न्युनतम पारिश्रमिक र सेवासुविधाको माग राख्दै आन्दोलन गरिरहेका छन । उनीहरु आफ्ना समस्या र मागबारे पटकपटक व्यवस्थापनलाई जानकारी गराएको भएतापनि यसलाई बेवास्था गर्दै आईरहेको बताँउछन । सर्बसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको निजामती कर्मचारी अस्पतालका कर्मचारीको माग पुरा नहुँदा अस्पत्तालमा कार्यरत कर्मचारी पलायन हुने तथा असुरक्षित महसुस गर्ने गरेको बताँउछन । निजामति कर्मचारी अस्पत्ताल कर्मचारी संघले आफुहरु संवेदनशिल भएपनि व्यवस्थापनले यसबारे कुनै चासो नदेखाएको बताएको छ । संघले बुधबार सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई भेटी न्युनतम अस्पतालका कर्मचारीहरुलाई सरकारी कर्मचारी सरह तलव, ग्रेड तथा स्वास्थ्य बिमा सुबिधाको ब्यवस्था गरिनुपर्ने,अस्पतालको बिनियमावलिमा रहेको बिभेदकारी बढुवालाई संसोधन,करारका कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक स्थायिका लागि मौका परिक्षामा सामेल गराउनु पर्ने लगाायतका माग राखेका छन ।

अस्पत्ताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमाल बषौँसम्म पनि व्यवस्थापनले आफुहरुको माग पुरा गर्नेतर्फ ध्यान नदिएको बताँउछन । धिमाल व्यवस्थापनले आफुहरुलाई वेवास्था गर्दै आएको बताँउछन् । ‘कोरोना महामारीका समयमा हामी संवेदनशिल छौँ । तर, अस्पत्ताल व्यवस्थापनले हामीले राखेका न्युनतम पारिश्रमिक र सेवासुविधाको मागका सम्बन्धमा के भईरहेको छ भन्ने सम्बन्धमा पटकपटक जानकारी माग गर्दा समेत वेवास्था गर्दे आएको छ । संघले गत बर्ष व्यवस्थापनसँग विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तत्कालिन समयमा व्यवस्थापनले माग एक बर्षको समयसीमा माग गरेको थियो । व्यवस्थापनले माग गरेको समयसीमा लकडाउन अबधिमा सकिएको छ । तर,मागका सम्बन्धमा व्यवस्थापनले कुनै जानकार िनगराएको कर्मचारीहरुको गुनासो छ ।

सामान्य प्रशासन मन्त्रालय अन्र्तगत रहेको अस्पत्तालको अस्पत्तालको मेरुदण्डका रुपमा रहेका कर्मचारीहरुले न्युनतम सेवा सुविधा नपाँउदा अस्पत्तालले प्रवाह गर्ने सेवासुविधामा असर पर्ने देखिएको छ । कर्मचारीहरुले बेरुजु शुन्य आउनुलाई सकारात्मक भएपनि कर्मचारीको श्रमश्रोषण भएको, विनियमावाली गायब बनाईएको,करारका कर्माचारी सधै करारमा राख्ने खेल भएको,सरकारले तोकेको न्युनतम तलब नदिएको ,ग्रेड नदिईएको,बढुवाको टुंगो नभएको,,ग्रेड बापतको रकमबारे स्पष्ट नभएको तथा अडिट रिपोर्ट सार्वजनिक नगरिएको लगाायतकागुनासो गरेका छन । उनीहरु अझैपनि मानव अधिकारको क्षेत्रभित्र पर्ने न्युनतम तलव र सेवासुविधा लागु हुन नसक्नु र्दुभाग्य भएको बताँउछन । संघले सामान्य प्रशासन मन्त्रीसमक्ष गरेका मागहरु १. अस्पतालका कर्मचारीहरुलाई सरकारी कर्मचारी सरह तलव, ग्रेड तथा स्वास्थ्य बिमा सुबिधाको ब्यवस्था गरिनु पर्ने। २. अस्पतालको बिनियमावलिमा रहेको बिभेदकारी बढुवालाई संसोधन गरि सम्पुर्ण स्थायी कर्मचारीलाई तहगत बढुवा गरि रिक्त स्थानमा तुरुन्तै कर्मचारी पदपुर्ति गर्नुपर्ने। ३. अस्पतालको बिकास समिति बोर्डमा अस्पतालको कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने। ४. यस अस्पतालका कर्मचारी र कर्मचारीको परिवारको उपचारमा शत प्रतिशत छुट हुनुपर्ने। ५. यस अस्पतालको बिनियमावलि लागु भई नेपालको संबिधान (२०७२) लागु हुनु पुर्ब बिज्ञापन गरिएका लिखित परिक्षाबाट पदपुर्ति भएका करारका सम्पुर्ण कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक स्थायिका लागि मौका परिक्षामा सामेल गराउनु पर्ने। ६. छ महिना कार्य अवधि पुरा गरेका सम्पुर्ण कर्मचारी (दैनिक ज्यालादारी समेत) हरु लाई एक महिना बराबरको चाडपर्ब खर्च तथा सालबसाली रुपमा एक पटक निजामती कर्मचारीले पाए सरह पोशाक तथा महंगी भत्ता उपलब्ध गराउनु पर्ने। ७ सुत्केरी बिदा अघिपछि गरि अन्ठानब्बे दिन हुनु पर्ने र सुत्केरी स्याहार बिदा १५ दिन दिनुपर्ने। ८ अस्पतालमा हाल संचालित EHS (Extended Health Service) सेवालाई अझ गुणस्तरीय पार्न EHS निर्देशिकालाई पुर्णरुपमा कार्यान्वयन गर्नुपर्ने। ९ निजामती कर्मचारीहरुलाई छिटोछरितो हुनेगरी प्राथमिकताका साथ सेवाप्रवाह गर्नुपर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *