नेपाल ज्योतिष परिषद् कास्कीको १९ औँ वार्षिक उत्सव तथा वि. सं २०७९ सालकोको भित्ते पात्रो विमोचन कार्यक्रम पोखरामा एक समारोह बीच सम्पन्न

समाचार

नेपाल ज्योतिष परिषद् कास्कीको १९ औँ वार्षिक उत्सव तथा वि. सं २०७९ सालकोको भित्ते पात्रो विमोचन कार्यक्रम पोखरामा एक समारोह बीच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल संस्कृत विश्वविद्यालय विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका उप-प्राध्यापक डा.भोलानारायण रेग्मीले ज्योतिष विद्या मनुष्यको तेस्रो नेत्र भएको भन्दै यसलाई ज्योतिषीहरुले कमाइको रुपमा मात्र नलिईकन समाजमा भएका ज्योतिष सम्बन्धी सकारात्मक-नकारात्मक कुराहरुलाई प्रष्ट्याउदै अगाडी बढ्नुपर्नेमा जोड दिँदै यसरी धर्म र संस्कृतिको संरक्षण सँगै पञ्चाङ्ग सहितको भित्ते पात्रो प्रकाशित गरिनु निकै प्रशंसनीय काम रहेको बताउनुभयो ।
नेपाल ज्योतिष परिषद केन्द्रीय उप महासचिव हिरा काश्यपले विशिष्ट अतिथिको मन्तव्यको साथमा पात्रोको समीक्षा गर्दै ज्योतिष विज्ञानलाई आधुनिक विज्ञानसंग तुलना गरि समाजमा लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै परिषदका अध्यक्ष शिवदत्त रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा विश्व ज्योतिष पञ्चांग निर्णायक समितिका महासचिव हरिश्चन्द्र भण्डारी, नेपाल ज्योतिष परिषद् केन्द्रिय सदस्य वासुदेव सुवेदी, गण्डकी प्रदेश ज्योतिष परिषदका उपाध्यक्ष मोहराज ढकाल,परिषदकी सल्लाहकार दुर्गा आचार्य दाहाल,संस्कृत युवा मञ्च नेपालका अध्यक्ष रामकृष्ण अर्याल लगायतका वक्ताले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य परिषदकी उपाध्यक्ष कल्पना सुवेदीले राख्नुभयो भने कार्यक्रमको संचालन सचिव रामजीप्रसाद आचार्यले गर्नुभएको कार्यसमिति सदस्य रामकृष्ण पौडेलले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *