नेपालको आर्थिक बृद्धिदर इतिहासकै बढीः अर्थ मन्त्री खतिवडा

गण्डकी प्रदेश पर्यटन समाचार

 

पोखरा, ०५ पौष ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको ईतिहासमै आर्थिक बृद्धिदर बढेको दाबी गरेकाछन। पोखराको तालचोकमा विहिबार देखि सुरु भएको १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन गर्दै मन्त्री खतिवडाले ६.६३ प्रतिशतले नेपालको आर्थिक बृद्धिदर पुग्न लागेको उल्लेख गर्दै हाल नेपालको ईतिहासमै आर्थिक बुद्धिदर बढेको दाबी गरेका हुन।

उनले भने “ अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा माथि हुनै सक्दैन भन्थे, उनीहरुले घटिमा साँढे ६ प्रतिशत आर्थिक बृद्धि हुन्छ भनिरहेका छन तर हामी ७ प्रतिशत आर्थिक बृद्धि गर्ने कल्पना गरिराखेका छौं, हामी निरन्तर उच्च आर्थिक बद्धिको बाटोमा हिडी राखेका छौं । ” यो बर्ष आर्थिक कृयाकलाप विस्तार भइरहेको दाबी गर्दै उनले औधोगिक र विकास निमार्णका कच्चा पदार्थको आयात ४० प्रतिशतले बढेको जनाए ।


आर्थिक कृयाकलाप बढेसंगै लगानी बढेर औधोगिक र विकास निमार्णका कच्चा पदार्थको आयात बढ्न गएको मन्त्री खतिवडाको दाबी छ । उनले भने “ यहाँ कुनै न कुनै उद्योग आयोजना चल्न थालेर हो, बिद्युत निमार्णको आयोजना छिटो हुनुले, उर्जा, बिद्युतको खपत बढ्दै गएको छ जसले अथतन्त्रमा त्यो उत्पादनसंग जोडिएको छ , त्यसको आधारबाट पनि आर्थिक कृयाकलाप विस्तार भएको हामीले दाबी गर्न सक्छौं । ”
केहि विज्ञहरुले अहिलेको अबस्थामा आर्थिक बृद्धिदर घटेको छ भन्ने गरेको बिषयलाई मन्त्री खतिवडाले टिप्पर्णी गर्दै विभिन्न आथिक सुचकले नेपालको आर्थिक बृद्धिदर उच्च हुदै गएको देखाएको दाबी गरेका हुन।

उत्पादन र उपभोग बढेसंगै ३१ प्रतिशतले मुल्यअभिबृद्धिकर बढेको उनले जनाए । मुल्य बृद्धिदर भने ५ प्रतिशत रहेको मन्त्री खतीवडाले जनाए । यस आर्थिक बर्षमा २२ प्रतिशतले कम्पनी दर्ता बढेको उनले बताए । धेरै परिसुचक सकरात्मक भएको बताउदै मन्त्री खतिवडाले भुक्तानी परिसुचकमा समस्या भएको दाबी गरे । बस्तु र सेवाको निर्यात बढाएर आयात प्रतिष्थापन गरेर व्यवसायलाई व्यबस्थित पार्ने मन्त्री खतिवडाले जनाए ।

मेला तथा महोत्सवमा आयातिय बस्तुको प्रर्दशनी कम गर्न सुझाव दिदै मन्त्री खतिवडाले स्थानिय उत्पादन र स्वदेशी उत्पादनलाई मेला महोत्सवमा प्रर्दशनी गर्न आग्रह गरेका हुन। उपभोग्य बस्तुहरु स्वदेशमै उत्पादन गरी मेला महोत्सवबाट बजारीकरण र उपभोग गर्नुपर्नेमा जोड दिदै मन्त्री खतिवडाले प्रविधियुक्त बस्तुहरु समेत मेल महोत्सवमा आवश्यक भएको जनाए ।

उनले भने “हामीले आगामी ५ बर्षमा विदेश जान नपर्ने र १० बर्ष भित्रमा सम्पुर्ण युवाहरुलाइ स्वदेशमै रोजगारी दिने कुरा गरिराखेका छौं, हामीले अहिले पुंजीगत रुपमा कतिपय कुरा हाम्रा युवालाई उत्पादनमा जोड्ने कुराहरु, बैंकको पुंजी ऋण लिदा व्याज अनुदानमा ऋण दिने व्याबस्था गरेका छौं । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *