नेपालका पहाडी गुफामा वेद रचेर व्यासका चार शिष्य र अनेकौँ प्रशिष्यले भारतमा गएर वेद प्रचार गरेको प्रमाण

आज को बिचार समाचार

नेपालको पहाडी गुफामा वेदव्यासले जातुकर्ण्यबाट एक वेद सिके । वेदव्यासले चार शिष्य बनाए । सुमन्तु, जैमिनि, वैशम्पायन र पैल । आफ्ना चारै शिष्यलाई वेदव्यास भन्छन् :-
“भवन्तो बहुला: सन्तु वेदोविस्तार्यतामयम्” अहिर्बुध्न्य संहिता, अध्याय ४, श्लोक ३३५ ।
अर्थात हे शिष्यहरू हो ! तिमीहरूका पनि अनेक शिष्य भए । अब उनीहरू (प्रशिष्यहरू) सहित वेद प्रचारमा लाग । अनि व्यासका चारै शिष्य लगत्तै भन्छन् :-
शैलादस्मान्महीम् गन्तुम् काङ्क्षित नो महामुने । वेदाननेकधा कर्तुम् यदि ते (तं?) रुचितम् प्रभो ।। अहिर्बुध्न्य संहिता, अध्याय ४, श्लोक ३३६ ।
अर्थात हे ! महामुनि व्यास तपाईको आज्ञा हुन्छ भने, हामी यस पर्वत गुफा (नेपाल मण्डल) बाट पृथ्वीतल अर्थात मैदान (हालको भरतमा) गएर वेदका अनेक शाखा त्यहाँका जनतालाई सिकाउँछौँ ।

साभार https://www.facebook.com/lpkhatiwada फेसबुक  बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *