नेकपा प्रकरणको हिसाब संसद् र सडकबाट मागिनुपर्छ

आज को बिचार विशेष

नुमनाथ प्याकुरेल

जति ठुलो पार्टी अस्थिरता र अविकासमा उति ठुलो दोषी, जति ठुलो नेता अकरमण्यता, असक्षमता र अनिर्णयताको उति ठुलो भागिदारी । समस्या कम्युनिष्ट-पुजिवादको फ्युजन बाट अभिनर्मीत सत्ता केन्द्रित तथा सत्ता परिधिका पार्टीले अवलम्बन गरेको गतार्थ कम्युनिष्ट-पुजिवाद दर्शन, सिद्धान्त सहित भागवण्डा, सिन्डिकेट तथा समुहिक नेत्रित्वको हो भन्ने निश्कर्षमा पुग्न अब कुनै सन्देह रहेन । सात दसकको लोकतान्त्रिक इतिहासमा सबैभन्दा शक्तिशाली डबल नेकपाको प्रचण्ड बहुमत सहितको सरकार भएको बखत, आम सर्वसाधारण नेपाली नागरिकले के अपेक्षा राखेका हुन्छन् ?

बहुमत सहितको एकल पार्टीको नेतृत्वमा जनचासोका विषयहरुको के कसरी सम्बोधन हुनुपर्दथ्यो ? प्रजातान्त्रीक-लोकतान्त्रीक इतिहासमा हामिले कस्तो प्रजातान्त्रीक-लोकतान्त्रीक संस्कार बिकास गरेका रहेछौं ? पटकपटक परिक्षीत, अकर्मण्डय सावित, भ्रष्टचार र कमिसनतन्त्रलाई संस्थागत गर्न सकेका एकसे बढकर एक खलपात्रहरुमै यसको बिकल्प त्यो र त्यसको बिकल्प यो भनेर, उहि मुलाको सिन्कि, उहि मुलाको चाना रोजेर समाज, संस्कृती तथा सभ्यतानै संकटमा पुर्याएर समाज र राष्ट्रको भविश्य नै संकटमा धकेल्ने कि ? कसको जरो कहाँ? कसको किलो कहाँ छ ? लेखाजोखा गर्ने हो ?

उहि मुलाको सिन्कि, उहि मुलाको चाना रोजेर समाज, संस्कृती तथा सभ्यतानै संकटमा पुर्याएर समाज र राष्ट्रको भविश्य नै संकटमा धकेल्ने कि ? कसको जरो कहाँ? कसको किलो कहाँ छ ? लेखाजोखा गर्ने हो ?

इतिहास साक्षी छ । सत्ता केन्द्रित तथा सत्ता वृतका सबै कम्युनिष्ट-पुजिवादी राजनीतिक दलहरुको न उत्पति नेपालमा भएको हो ? न यिनको राजनीतिक संगठन निर्माणको मार्गनिर्देशन तथा आर्थिक व्ययभार नेपाली विद्वान तथा सर्वसाधारणले गर्ने अवसर पाए, न ज्ञान र सत्संगको माध्यमबाट यी कम्युनिष्ट पुजिवादीहरु अभिनर्मित भएका हुन् । अपराध, व्यभिचार, राष्ट्रद्रोह, हत्या, अपहरण, लुट, चन्दा आतंक, जातिय विषपान, नश्लिय कित्ताकाट तथा हिंसाको पृष्ठभूमीको ऐतिहासिक कर्तिमान रचेका यी कपु तन्त्रिय राजनीतिक दलहरु नेपाल राष्ट्रका विद्यमान समास्याहरुको स्थिति-गत्यात्मक समाधान गर्न संगठित भएकै हैनन् । कम्युनिष्ट-पुजिवादका यी झुण्डहरुलाई राष्ट्रिय समस्याहरुमा दक्षिणमा कसलाई गुहर्ने, उत्तरबाट कसको सहयोग लिने, पश्चिमबाट कसलाई कुन स्वार्थ पुरागर्न पुकार्ने भन्ने कुरा चाहिँ गजबले थाहा छ । सत्ता लिप्सा, अख्तियार दुरुपयोग, अकुत सम्पती आर्जन, शक्तिमा दिर्घकालिन कब्जा र दलिय तथा निजि एउटै स्वार्थ प्राप्त गर्न बेग्लाबेग्लै साईनबोर्ड राखेर यी अथवा ती कपुतन्त्रिय राजनीतिक दलहरु संस्थागत भएका हुन् । यिनको जुटाई पनि लुट्न र फुटाई पनि लुट्नै भएको पृष्ठभूमि भएका विदेशी विधर्मी प्रतिमानका मतियारहरुलाई के थाहा; अनुसंधान, उद्यमशिलता र विकासको कार्यपद्धती पनि हुन्छ र कार्यान्वयन पनि गर्न सकिन्छ भनेर ।

अपराध, व्यभिचार, राष्ट्रद्रोह, हत्या, अपहरण, लुट, चन्दा आतंक, जातिय विषपान, नश्लिय कित्ताकाट तथा हिंसाको पृष्ठभूमीको ऐतिहासिक कर्तिमान रचेका यी कपु तन्त्रिय राजनीतिक दलहरु नेपाल राष्ट्रका विद्यमान समास्याहरुको स्थिति-गत्यात्मक समाधान गर्न संगठित भएकै हैनन् ।

सार्वजनिक मडियामा छताछुल्ल भएका डबल नेकपाका अध्यक्ष द्वयहरुको सत्ता कुण्ठा र शक्ति मोहको दोहोरी अब निजि अथवा दलको आन्तरिक बहसको बिषयमात्रै रहेन । नेकपा अध्यक्ष पुष्पकमल दाहालको ठहर छ, ‘नेकपाको संसदीय दलले चुनेर प्रधानमन्त्री बन्नु भएको खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरीत सरकार चलाउनु भयो; त्यस्तै ‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइड बडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिङ्स सँगको अपारदर्शी र शंकास्पाद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नु पूर्व गोप्य राख्नुपर्ने करको दर रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नु भयो, कोरोना महामारी विरुद्ध राष्ट्रिय एकताको साथ अगाडि बढ्नु पर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद मात्र सिर्जना गर्नु भएन कानुन सम्मतको विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई निष्क्रिय तुल्याउनु भयो । राष्ट्रियता संग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिनु भयो र विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीति संग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याउनु भयो । द्वन्दकालिन मुद्दाहरूलाई राजनीति उद्देश्यका निम्ति उपयोग गर्नुभयो। समग्रमा सरकार सञ्चालनको दुई वर्षको अवधि हेर्दा प्रधानमन्त्री ओली सम्पूर्ण रूपमा असफल हुनुभयो।’

सर्पले सर्पकै खुट्टा देखे जसरी पुष्पकमल दहालले केपि ओलिलाई र केपि ओलिके पुष्पकमल दहाललाई लगाएका र तुरुन्तै लगाउने आरोपहरु सतही, तथ्यहिन, अप्रमाणिक र मनगढन्ते कुराहरु हैनन्।

पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोपहरूमा नौला विषय छैनन् र गलत पनि होइनन्; संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओलीविरुद्ध उठ्दै र लाग्दै गरेका आरोप हुन् । तर, पनि यो प्रकरण विशेष किन छ भने, यो पटकको आरोप चाहिँ सत्तासिन राजनीतिक दलको दुई अध्यक्ष्य मध्ये एक अध्यक्ष्यले अर्को अध्यक्ष्यलाऐ लगाएको आरोप यो । सर्पले सर्पकै खुट्टा देखे जसरी पुष्पकमल दहालले केपि ओलिलाई र केपि ओलिके पुष्पकमल दहाललाई लगाएका र तुरुन्तै लगाउने आरोपहरु सतही, तथ्यहिन, अप्रमाणिक र मनगढन्ते कुराहरु हैनन्। यिनै आरोपको आधारमा अदालतमा मुद्धा दायर हुन सक्ने, दुबै अथवा दुई मध्ये एक अध्यक्ष्यको राजनीति सदासदाका लागि समाप्त हुने तथा हदैसम्मको कानुनी दण्ड सजाय हुन सक्छ ।

प्रधानमन्त्रीकै पार्टीभित्रबाट नेकपा अध्यक्ष प्रचण्डसहित अन्य दुई पूर्व-प्रधानमन्त्री समेतका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन गर्न अयोग्य मात्र होइन राज्य सञ्चालन र सुशासनका सन्दर्भमा प्रधानमन्त्रीको प्रवृत्ति र नियतमै गम्भीर प्रश्न उठाएका छन् । महत्वपुर्ण सन्दर्भ चाहिँ के पनि छ भने, आरोप लगाउने र आरोप खेप्ने दुबै पक्ष परिक्षित र प्रमाणीत अकर्मण्य, असक्षम, बेग्लाबेग्लै शक्तिकेन्द्रका मतियारहरु हुन् । जबजब स्वार्थ, भागवण्डा, लेनदेन र आआफ्ना गुटका स्वार्थहरु मिल्छन्, यिनिहरु नङमासु जस्तो मिल्छन् र समुहिक रुपमा हातमिलाएर मिलेको नाटक मन्चन गर्छन्, जब स्वार्थहरु टकराउँछन्, लाजपचाएर हिजोआजको जस्तो अत्यन्तै गुणस्तरहिन, संस्कारहिन, सभ्यता र सामान्य औपचारिकता पनि नराखि यो स्तरको गालिगलौज र पत्रयुद्धमा ओर्लिएर नाङ्गो नाच नाच्छन् ।

आफ्नै पार्टीको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री बनाएको व्यक्तिविरुद्ध उदाहरणसहित अक्षम र भ्रष्टाचारीलाई प्रोत्साहन र संरक्षण गरेको, राष्ट्रिय सुरक्षामा असंवेदनशिल भएको निष्कर्ष निकाल्नुले प्रधानमन्त्री ओली विरुद्धको विरोधको पछिल्लो शृङ्खलालाई विशेष बनाएको छ ।

प्रचण्डको आरोप पत्र पछाडि, यतिखेर प्रधानमन्त्री आफ्नो पदीय र कूटनीतिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय मर्यादाको समेत ख्यालनगरी सम्पूर्ण शक्ति लगाएर प्रचण्डलाई फकाउने प्रयत्नमा हुनुहुन्छ भन्ने सुनिरहेका छौँ, पढिरहेका छौँ । फकाउन र सम्झाउन नसक्दाको परिणाम त यहि सस्तो पत्रयुद्धनै हुनेछ । सेल्फ-सेन्टर्ड, ईगो-सेन्टर्ड सहितका अघिल्ला संस्करणहरु पनि ताजै छन् । यसरी व्यक्तिगत कुण्ठा र सत्ता स्वार्थले न आफ्नो मर्यदा राखे, न आफ्ना चेलाचपेटालाई संस्कार र सभ्यता सिकाए, न राष्ट्रको सान बढाए, न नागरिकलाई न्याय दिए, न सुशासनको प्रत्याभुति गरे । कुन अर्थ र आधारमा यस्ता मुल्यहिन, वजनहिन, अकर्मण्य तथा असक्षम नेतृत्वको जिम्मामा समाज र राष्ट्रको भाग्य र भविश्य सुम्पेर सम्पन्न नेपाल, सुखि नेपालीको लक्ष्यको सपना देख्न सक्छौं ?

प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको एक अध्यक्षले आफ्नै पार्टीको अर्को अध्यक्ष, प्रधानमन्त्री तथा सरकारको बारेमा जे ठहर गर्नु भएको छ अब दुई अध्यक्षको मन-मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, दक्षिण, उत्तर तथा पश्चिमका जो कोही दुत आएर रातारात मतभेद, मनभेद तथा सत्ता, शक्ति तथा गुटका स्वार्थ मिलाइदिँदैमा तथा अब हामि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्म आलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा न यो सृंखला सकिन्छ, न समस्याको स्थिति-गत्यात्मक समाधान हुन्छ ।

सार्वजनिक भएका सबै विषय सत्तासिन डबल नेकपाभित्रको आन्तरिक विषय मात्रै हैनन् र दुई अध्यक्षहरुको मनमुटाव मात्रै हैनन् यी राष्ट्रिय सरोकारको विषय हुन् र हाम्रो चासो, जिज्ञासा र सरोकारका विषय हुन् र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एकएक लज्जास्पद प्रकरणको हिसाबकिताब सर्वभौम संसद् र सडक दुवैबाट मागिनु पर्छ ।

ईख र विष भएका नेतृत्वहरु हुन् भने, यस्ता विषय बैठकमा मन पखालेर पखालिँदैन, अव बिर्सौँ भनेर बिर्सिइँदैन र अब हामि सुध्रौं भनेर सुध्रिंदैन र अब सच्चियौं भनेर सच्चिंदैन । सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय बनेका यी आरोप, खण्डन, प्रतिकृया तथा प्रतिउत्तरको आरोपकर्ता तथा आरोपिले दिनुपर्छ ।

सत्ता स्वार्थ तथा शक्ति मोहमा परेका खलपात्र नेतृत्वले त यसो पनि जानेका छन्, त्यसो पनि जानेका छन् तर कुशासन र अकर्मण्यताको भुक्तभोगी हामि आमनागरिकले हेक्का राख्ने कुरा चाहिँ सार्वजनिक भएका सबै विषय सत्तासिन डबल नेकपाभित्रको आन्तरिक विषय मात्रै हैनन् र दुई अध्यक्षहरुको मनमुटाव मात्रै हैनन् यी राष्ट्रिय सरोकारको विषय हुन् र हाम्रो चासो, जिज्ञासा र सरोकारका विषय हुन् र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एकएक लज्जास्पद प्रकरणको हिसाबकिताब सर्वभौम संसद् र सडक दुवैबाट मागिनु पर्छ ।

Leave a Reply

Your email address will not be published.