तिहारमा देउसी भेैलो खेेेेलि जम्मा भएको पैसाले घुुुुमन जाने रमाइलो गर्ने फेेेेशन जस्तो भएको छ तर पोखरा १७ छोरेपाटन बेलघारीका युवाले कमाएको पैसा फरक तरिकाले प्रयोग गरेका छन्। वेलघारी युवा समूह पोखरा १७ छोरेपाटनले पोखरा २१ मा रहेको युवा वर्ष प्रा वि मा अध्ययनरत करिव ५० जना विधार्थीहरूलाई स्टेशनरी सामाग्री एवम खेलकुद सामानहरू वितरण गरेका छन्। देउसी भैलो कार्यक्रम वाट सङ्कलित रकम मध्यवाट सामाजिक उत्तरदायित्व वहन गर्दै विध्यालयलाई सहयोग गरिएको क्लबका सल्लाहकार दिपक सुवेदीले जनाएका छन्। कार्यक्रममा विध्यालयका प्र विष्णु पाहारीले युवाहरूको यस प्रकारको काम देखेर आफुलाई धेरै खुशी लागेको बताउनुभयो ।साथै सहयोगका निम्ती हार्दिक धन्यवाद प्रदान गर्नुभएको थियो। कार्यक्रममा फुर्सेखोला टोल विकास संस्थाका अध्यक्ष पूर्ण दिप सिक्देल समाज सेवि इन्द्र खत्री धनवहादुर भुजेल समाजसेवी शुभ थापा ,समाजसेवी विमला भुजेल ,युवा सल्लाहाकार नरेश थापा,भाईचुङ्ग सुवेदी ले आफ्नो भनाई राख्नुको साथै सामानहरू प्रदान गर्नु भएको थियो। कार्यक्रममा युवा समूहले करिव १४,००० वरावरको सहयोग गरेको सल्लाहाकार ओम सागर श्रेष्ठले वताउनू भयो। कार्यक्रम संस्थाका सल्लाहकार दिपक सुवेदीले संचालन गरेका थिए भने कार्यक्रम संस्थाका अध्यक्ष बिशाल थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमा युवा समूहका सदस्यहरूको सकृय सहभागीता रहेको थियो।
![](https://dindinai.com/wp-content/uploads/2019/11/76747418_796344060786621_2057363328480575488_n.jpg)