पोखरा, जेष्ठ २३
पोखरा महानगर पालिका वडा नं २१ निर्मल पोखरीको दुवार टोल विकास संस्थाको तेस्रो साधारण सभाको उद्घाटन समाहरोहमा देशको बिकासका लागि ग्रामिण बस्तिहरुलाई केन्द्रमा राखेर शिक्षा, खानेपानी, भौतिक पूर्वाधार, रोजगारी र स्वास्थ्य बीमा कार्यक्रमका माध्यमबाट बिकसित र स्वस्थ नेपाल निर्माण गर्न सकिने बिषयमा जोड दीइएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिकाका वडा नं २१ का वडा अध्यक्ष खगराज आचार्यले नेपालको संबिधानमा भएका नागरिकका हक अधिकार संग सम्बन्धित बिषयहरुलाई कार्यन्वयनमा जोड दिंदै ,लोकतन्त्रको यो युगमा विकासलाई युवा , महिला,कृषक र उत्पादन संग जोडेर लैजानु पर्ने र आफ्नो वडालाई स्वस्थ बनाउन टोलटोलमा डाक्टर र घरघरमा नर्स कार्यक्रम संचालनमा ल्याएको तथा सबै खुसि र आन्नादित हुन योग सेन्टरहरु बनाउन जरुरि रहेको बताउनुभयो ि उक्त कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सबैले मिलेर सफल बनाउनु पर्नेमा जोड दिनु भयो । टोलटोल र वडातहमा नागरिकको स्वास्थ्यमा पहुँच ल्याउनका लागि सबै नागरिक स्वास्थ्य बिमामा आवद्ध हुनु पर्ने ,सरकारले संचालन गरेको कार्यक्रमबाट एक नेपालीले अर्को नेपालीलाई सहयोग हुने हुँदा कार्यक्रम सफल बनाउन सबैले सहयोग गर्नुपर्ने र यस कार्यक्रमबाट बालक देखि जेष्ठ नागरिक लगायत सबैले लाभ लिन सक्ने , देशलाई सम्बृदिको दिशामा अगाडी बढाउन र दिगो विकास लक्ष्य हासिल गर्न स्वास्थ्य बीमा अपरिहार्य रहेको बताउनु भयो । निर्मल पोखरी स्वास्थ्य चौकी प्रमुख प्रताप पौडेलले स्वास्थ्य बीमा कार्यकर्ममा सबै नागरिक आवद्द हुनु पर्नेमा जोड दिनु भयो । आर्थिक अभावका कारण कोहीपनि नागरिक स्वास्थ्य उपचार सेवा बाट बन्चित हुन नपरोस भनेर नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमका माध्यम बाट नागरिकको उपचारका लागि सहयोग प्रदान गर्दै आएको छ । नयाँ व्यवस्था अनुसार ५ जना सम्मको परिवारले वार्षिक ३५०० प्रिमियम तिरे पछी १ लाख सम्मको स्वास्थ्य उपचार सुबिधा स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्राप्त गर्न सकिन्छ । अब ७० वर्ष पुगेका जेष्ठ नागरिकको एक लाख सम्म्मको निशुल्क स्वास्थ्य बीमा स्वास्थ्य बीमा बोर्ड मार्फत नै हुने समेत जानकारी गरिएको थियो । दुवार टोल विकास सस्थाकी अध्यक्ष बिमला केसीले आफ्नो टोललाई पूर्ण स्वास्थ्य बिमाको बिमित टोल बनाउने गरि निर्णय गरिएकोमा सोहि अनुसार सहयोग गर्न साधारण सभामा उपस्थित सहभागीलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी खेम नारायण चौधरी, दर्ता सहयोगी देवी भारती लगायतको उपस्थिति थियो । सोहि अबसरमा दुवार ७० वर्ष पुगेका आफ्नो टोलका नागरिकलाई सम्मान समेत गरिएको थियो भने जेष्ठ नागरिक सोममाया आचार्यलाई स्वास्थ्य बिमाको निशुल्क सदस्यता कार्ड कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष खगराज आचार्य र स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलद्वारा हस्तान्तरण गरिएको थियो । दुवार टोल सुधार संस्थाकी अध्यक्ष बिमला के.सी को अध्यक्षता भएको उक्त कार्यक्रमको संचालन संस्थाकी सचिव रश्मी नेपालीको गर्नु भएको थियो ।